विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा २०८१ साल माघ ३० गतेदेखि फागुन १० गतेसम्म सञ्चालन भएको सुन्दरहरैंचा विराट एक्स्पो –४ को आयव्यय हिजो सार्वजनिक गरिएको छ ।
जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, एक्स्पो मूल–समारोह समितिका पदाधिकारी, संघका पदाधिकारी, सञ्चारकर्मी, उद्योगी, व्यवसायी तथा सर्वसाधारणको उपस्थितिमा सुन्दरहरैंचा उद्योग वाणिज्य संघको कार्यालयमा आयव्यय सार्वजनिक गरिएको हो ।
एक्स्पो मूल समारोह समितिका संयोजक भोलेश्वर दुलालले एक्स्पोस्थलमा स्थायी निर्माण भएको कम्पाउन्ड वाल, गेट, कम्पाउन्डभित्रको शौचालय र सचिवालय भवनमा भएको खर्च ३९ लाख ३० हजार ७१८ रुपैयाँ ९४ पैसालाई प्राप्त सम्पत्ति मानिएको बताउनुभयो । उहाँका अनुसार सो सहित एक्स्पोमा १ करोड ४ लाख ८ हजार २४७ रुपैयाँ ६९ पैसा आम्दानी भएको छ ।
संयोजक दुलालका अनुसार पाउनुपर्ने रकम ३८ लाख १६ हजार ९० रुपैयाँ रहेको छ । बैंक मौज्दात २६ लाख ३६ हजार २८६ रुपैयाँ रहेको छ । त्यस्तै नगद मौज्दात २५ हजार १५२ रुपैयाँ रहेको छ ।
बचत रकममध्येबाट सामाजिक उत्तरदायित्वअन्तर्गत सुन्दरहरैंचा–११ मा निर्माणाधीन लोहितगंगा मुक्तिघाटलाई २ लाख १ हजार रुपैयाँ सहयोग गरिएको छ । निर्माण समितिका अध्यक्ष नवराज चापागाईंलाई सो रकमबराबरको चेक कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।
त्यस्तै, सुन्दरहरैंचा–८ मा निर्माणाधीन शिल्पी नाट्य कला केन्द्र सलकपुरलाई ५१ हजार रुपैयाँ प्रदान गरिएको छ । सो कलाकेन्द्रको कार्यसमिति सदस्य लक्ष्मीप्रसाद पोख्रेललाई सो रकमबराबरको चेक हस्तान्तरण गरिएको थियो ।
आयव्यय सार्वजनिक समारोहमा एक्स्पोलाई २ लाख ५१ हजार रुपैयाँ थप सहयोग प्रदान भएको छ । नारायणबहादुर थापा, भुपालबहादुर थापा, सुरेन्द्रबहादुर थापा, राजेन्द्रबहादुर थापा (राजेश) र शम्भुबहादुर थापाले सार्वजनिक शौचालय निर्माण सहयोगार्थ सो रकम प्रदान गर्नुभएको थियो ।
आयव्यय सार्वजनिकसँगै सुन्दरहरैंचा उद्योग वाणिज्य संघलाई सबै कागजपत्र बुझाएसँगै सुन्दरहरैंचा विराट एक्स्पो ४ को समिति विघटन भएको छ । अब एक्स्पोसँग सम्बन्धित सबै जानकारी सुन्दरहरैंचा उद्योग वाणिज्य संघमार्फत् हुने भएको छ ।
कार्यक्रममा एक्स्पोको प्रमोसन ज्याकेट खरीद गर्नेमध्ये २७ जनालाई चिठ्ठामार्फत् विभिन्न उपहार प्रदान गरिएको थियो ।
सम्बन्धित समाचारहरू
पूर्वाञ्चल विश्वविद्यालयसम्बन्धी बहस कार्यक्रम आज सुन्दरहरैंचा विराट एक्स्पोको दिवाकालीन सत्रमा हुने
सुन्दरहरैंचा विराट एक्स्पोको वास्तु प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेख्य उपस्थिति
बद्री पंगेनीको लोकभाकामा झुमे सुन्दरहरैंचा विराट एक्स्पो ४ का दर्शक
सुन्दरहरैंचा विराट एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरेपछि कृषि उत्पादनको बिक्रीमा वृद्धि हुँदै
सुन्दरहरैंचा विराट एक्स्पोमा नानोकन उद्योगको स्टलमा सेल्फी खिच्नेको भीड बढ्दै
सुन्दरहरैंचा विराट एक्स्पोमा भएको मेरो भ्वाइस आइकन सिजन १ को विजेता तृषा भट्टराई र सोफिया बिष्ट
सुन्दरहरैंचा विराट एक्स्पो ४ मा गाईको गोबर र गहुँत निर्मित सामग्री बिक्रीमा
‘…रेलदेखि …रेलसम्म’ यी हुन् सुन्दरहरैंचा विराट एक्स्पोमा आउने कलाकारहरू
मुख्यमन्त्रीले सुन्दरहरैंचा विराट एक्स्पोको उद्घाटन गर्ने, २ करोड बचत गर्ने आयोजकको लक्ष्य







