Sunday, November 22, 2026
Homeखेलकुदसुदूरपश्चिमले जित्ने क्रममा यी हुन् फाइनल खेलमा बनेका कीर्तिमान

सुदूरपश्चिमले जित्ने क्रममा यी हुन् फाइनल खेलमा बनेका कीर्तिमान

काठमाडौं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्दा केही कीर्तिमानसमेत बनेका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलोपटक च्याम्पियन बनेको हो । यससँगै लगातार दुई संस्करणको फाइनलमा पराजित हुँदै आएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जितेको छ ।

सुदूरपश्चिमको ऐतिहासिक जितका नायक जर्ज मन्सी बने । उनले ५४ बलमा १२ चौका र ८ छक्कासहित अविजित १२५ रन बनाए । मन्सीले ४९ बलमै शतक पूरा गरेका थिए ।

मन्सीको यो शतक एनपिएलको फाइनलमा बनेको पहिलो शतक हो । यसअघि प्रतियोगिताको फाइनलमा कुनै पनि खेलाडीले शतक बनाउन सकेका थिएनन् ।

मन्सीको १२५ रन एनपिएलको फाइनलमा मात्र नभई प्रतियोगिताकै व्यक्तिगत सर्वाधिक स्कोरको कीर्तिमानसँग पनि जोडिएको छ । यसअघि चितवन राइनोजका कमिल मिसाराले बनाएको १२० रन प्रतियोगिताको व्यक्तिगत उच्च स्कोर थियो ।

फाइनलमा १० विकेटको जी एनपिएल फाइनल इतिहासकै सबैभन्दा ठूलो जीत हो । यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्सले ५ विकेट र दोस्रो संस्करणमा लुम्बिनी लायन्सले ६ विकेटको जीत निकालेका थिए ।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments