Friday, December 5, 2025
Homeअर्थसुन्दरहरैंचा विराट एक्स्पोमा वर्ल्ड लिंकद्वारा ३ हजार प्रयोगकर्ताले एकसाथ चलाउन मिल्ने वाइफाइ...

सुन्दरहरैंचा विराट एक्स्पोमा वर्ल्ड लिंकद्वारा ३ हजार प्रयोगकर्ताले एकसाथ चलाउन मिल्ने वाइफाइ निःशुल्क उपलब्ध

विराटचोकः यही माघ ३० गतेदेखि सुन्दरहरैंचामा जारी सुन्दरहरैंचा विराट एक्स्पो ४ मा ३ हजार जनाको मोबाइलमा एकसाथ चल्न सक्ने उच्च गतिको इन्टरनेट जडान गरिएको छ । वर्ल्ड लिंकले सो इन्टरनेट उपलब्ध गराएको हो ।

वर्ल्ड लिंक विराटचोक शाखाका प्रमुख दीपक भारतीका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत एक्स्पो स्थलमा निःशुल्क सेवा दिइएको हो । उहाँका अनुसार वर्ल्ड लिंकले सुन्दरहरैंचाको विराटचोकमा रहेको सार्वजनिक शौचालयमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको छ ।

वर्ल्ड लिंक विराटचोक शाखाका बजार प्रतिनिधि शंकर ढकालका अनुसार एक्स्पोमा धेरै सेवाग्राही अवलोकनका लागि आउने भएकाले सेवाग्राहीका समस्या समाधान गर्न पनि सहज होस् भनेर एक्स्पो स्थलमा नै हेल्प डेस्क राखिएको बताउनुभयो । एक्स्पो अवलोकनकर्ताले इन्टरनेट सेवा प्रयोग गर्न सहज होस् भन्ने उद्देश्य पनि रहेको उहाँले बताउनुभयो ।

प्राविधिक प्रमुख ब्रह्मदेव साहका अनुसार एक्स्पोका अवलोकनकर्ताले टिकटक बनाउन, लाइभ गर्न सहज होस् र कम्पनीको विश्वसनीयता प्रयोगकर्तामा रहिरहोस् भनेर पनि वर्ल्ड लिंकले यो सेवा एक्स्पोमा प्रदान गरेको हो । ‘एक्स्पो स्थलमा डेडिकेटेड लिंक प्रोभाइड गरिएकाले धेरै प्रयोगकर्ताले चलाउँदा पनि इन्टरनेटमा समस्या आएको छैन,’ उहाँले भन्नुभयो, ‘स्टेजमा चाहिँ ३०० एमबीपीएसको होम प्याकेज उपलब्ध गराइएको छ ।’

एक्स्पो अवधिमा नयाँ प्रयोगकर्ता तथा नवीकरणकर्ताले इन्टरनेट सेवा बुक गरेमा विशेष छुटको व्यवस्था गरिएको शाखा प्रमुख भारतीले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments