विराटचोकः माघ ३० गतेदेखि सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको सुन्दरहरैंचा विराट एक्स्पो ४ को नर्भिक अस्पताल काठमाडौंकी प्रबन्ध निर्देशक मेघा चौधरीले अवलोकन गर्नुभएको छ ।
एक्स्पो अवलोकन गर्दै सार्वजनिक शौचालय निर्माण गर्ने पवित्र उद्देश्य लिएर लगाइएको एक्स्पोको सफलताको कामना गर्दै उहाँले आयोजकको अभियानलाई सबैले साथ दिनुपर्नेमा उहाँको जोड थियो ।
त्यसैगरी, पशुपति बिस्कुट उद्योग दुहबीका निर्देशक प्रबिसनारायण रायमाझीले एक्स्पो स्थलको अवलोकन गरी आवश्यक सल्लाह र सुझाव दिनुभएको थियो । एक्स्पोमा सो उद्योगले पनि आफ्नो उद्योगद्वारा उत्पादित विभिन्न ब्राण्डका बिस्कुटहरुको स्टल राखेर प्रदर्शन गरिएको छ ।
उहाँहरु दुवैलाई आयोजक सुन्दरहरैंचा उद्योग वाणिज्य संघले एक्स्पोमा स्वागत गरेको थियो । संघका अध्यक्ष नारायण कार्की र महासचिव हरि कार्कीले उहाँहरुलाई एक्स्पोका धेरै स्टलको अवलोकन गराउनुभएको थियो ।








