विराटचोकः फागुन १० गतेसम्म सञ्चालन हुने सुन्दरहरैंचा विराट एक्स्पो ४ को दिवाकालीन सत्रमा आज ‘सुन्दरहरैंचामा पूर्वाञ्चल विश्वविद्यालय’ शीर्षकमा बहस हुने भएको छ ।
एक्स्पो आयोजक समितिका अनुसार बहसको मूल वक्ताको रुपमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति बिजुकुमार थपलिया रहनुहुने भएको छ ।
सुनिता राउतले सहजीकरण गर्ने सो कार्यक्रममा वक्ताको रुपमा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ र पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल हुनुहुन्छ ।
कार्यक्रमका अन्य वक्ताहरुमा सामाजिक उद्यमी तथा उद्यमशीलता शिक्षा सहजकर्ता रञ्जन ओझा, पूर्वाञ्चल विश्वविद्यालयका जीपीसीएआरका निर्देशक नवीन भट्टराई, पूर्वाञ्चल विश्वविद्यालयको फ्याकल्टी अफ मेडिकल साइन्सकी डेपुटी डिन दिप्ती सुब्बा, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य आकाश दुलाल रहनुभएको छ ।
एक्स्पोको कार्यक्रम हलमा आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सो कार्यक्रम हुने भएको छ ।







