Friday, December 5, 2025
Homeअर्थसुन्दरहरैंचा विराट एक्स्पो ४ मा मुख्यमन्त्रीको उद्घोषः आर्थिक क्षेत्र चलायमान बनाउन प्रदेश...

सुन्दरहरैंचा विराट एक्स्पो ४ मा मुख्यमन्त्रीको उद्घोषः आर्थिक क्षेत्र चलायमान बनाउन प्रदेश सरकार सधैँ तयार छ

विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पो ४ को कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले मोरङ जिल्लाको तीव्र विकास भइरहेको नगरको रुपमा सुन्दरहरैंचा रहेको बताउनुभयो । नगरमा व्यावसायिक वातावरण बनाउन यस्ता महोत्सव सहायक हुने उहाँको भनाइ थियो ।

सुन्दरहरैंचामा उद्योग वाणिज्य संघको पहलमा निर्माण भएका सार्वजनिक शौचालय र पुस्तकालयको आफू राम्रो प्रचारक भएको पनि उहाँले बताउनुभयो । आफू गएका हरेक कार्यक्रममा सुन्दरहरैंचा उद्योग वाणिज्य संघले बनाएका शौचालयको असल प्रचारकको रुपमा आफू अनवरत लागिरहेको बताउनुभयो ।

कोशी प्रदेश सरकारले आर्थिक क्षेत्र चलायमान बनाउने काममा सधैँ सहयोग गर्ने उल्लेख गर्दै आगामी वर्षदेखि यस्ता महोत्सवलाई प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । आर्थिक क्षेत्र चलायमान बनाउन भनेर नै वि. सं. २०८२ लाई सरकारले पर्यटन वर्षको रुपमा घोषणा गरेको बताउनुभयो ।

यो एक्स्पोको अवलोकनका लागि केही दिनपछि आफू २ घण्टा समय लिएर आउने पनि उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले सुन्दरहरैंचा बन्द निषेधित क्षेत्र भएकाले व्यावसायिक दृष्टिले लगानी र व्यवसायका लागि उत्कृष्ट पालिकाको रुपमा रहेको बताउनुभयो ।

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका मुख्य सचेतक गोपी अछामीले निजी क्षेत्र, राज्य र सहकारी मिलेर विकास गर्ने गरी लिइएको तीनखम्बे नीति राम्रो रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रयास कार्कीले उद्योग वाणिज्य संघ सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।

पूर्व सांसद नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले सांसद हुँदा राम्रो विषय उठाउने नेता मन्त्री हुँदा त्यसको ठीक उल्टो विषय उठाउन लाग्ने गरेको बताउनुभयो ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा एक्स्पो आयोजना गर्नुको औचित्यमाथि एक्स्पो मूल समारोह समिति संयोजक भोलेश्वर दुलालले प्रकाश पार्नुभएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments