विराटचोकः आजदेखि शुरु हुने सुन्दरहरैंचा विराट एक्स्पो ४ को रात्रीकालीन कार्यक्रममा गायक तथा हास्य कलाकारले आफ्नो प्रस्तुति दिने भएका छन् । उद्घाटनको दिन माघ ३० गतेदेखि समापनको दिन फागुन १० सम्ममा कलाकार तथा साङ्गीतिक ब्याण्डले आफ्नो प्रस्तुति दिने भएका हुन् । कार्यक्रममा ‘…रेल (मनोज गजुरेल)देखि …रेल (प्रमोद खरेल)सम्म’ (कार्यक्रममा दिने प्रस्तुतिको कार्यतालिकाअनुसार) ले एक्स्पोलाई सङ्गीतमय र हास्यमय बनाउने भएका हुन् ।
आयोजक समितिले दिएको जानकारीअनुसार आज माघ ३० गते हास्य कलाकार मनोज गजुरेल र गायक दुर्गेश थापाले आफ्नो प्रस्तुति दिनुहुने भएको छ ।
फागुन १ गते शान्तारानी परियार, फागुन २ गते मिस्टर डि, फागुन ३ गते पुष्पन प्रधान, फागुन ४ गते दीपक बज्राचार्य, फागुन ५ गते बद्री पंगेनी र समीक्षा अधिकारी, फागुन ६ गते रकहेड्स ब्याण्ड, फागुन ७ गते आस्था राउत, फागुन ८ गते गायक नवीन के भट्टराई तथा हास्य कलाकार पवन खतिवडा र सुन्दर खनाल, फागुन ९ गते नितेशजंग कुँवर र फागुन १० गते प्रमोद खरेलले आफ्ना प्रस्तुति प्रस्तुत गर्नुहुने भएको हो ।







