Friday, December 5, 2025
Homeअर्थबद्री पंगेनीको लोकभाकामा झुमे सुन्दरहरैंचा विराट एक्स्पो ४ का दर्शक

बद्री पंगेनीको लोकभाकामा झुमे सुन्दरहरैंचा विराट एक्स्पो ४ का दर्शक

विराटचोकः माघ ३० गतेदेखि सुन्दरहरैंचामा जारी सुन्दरहरैंचा विराट एक्स्पो ४ मा सोमबार साँझ लोकगायक बद्री पंगेनीका लोकभाकामा नाचेर दर्शकहरुले भरपूर साथ दिए ।

आज गायिका टीका प्रसाईँले साँझ ८ बजेदेखि आफ्ना गीत गाउन थाल्नुभएको थियो । प्रसाईँले १ घण्टा गीत गाएपछि स्टेजमा चढ्नुभएका पंगेनीले सोध्नुभयो ‘कसको राशि तुला हो, अनि कसको राशि कन्या हो ?’ त्यसपछि उहाँले आफ्नो पछिल्ला गीत कन्याराशि गाउनुभयो ।

सो गीत गाइसकेपछि उहाँले दर्शकलाई फेरि सोध्नुभयो, ‘कसकसले रातो पछ्यौरी लयउनुभएको छ ?’ त्यसपछि उहाँले रातो पछ्यौरी अनि तातो पछ्यौरी…बोलको गीत गाउनुभयो । पानी सलल, पानी सलल…, ससुराली गइरहन्थेँ दिनका दिन…, सिंगापुर…बोलका गीत गाउनुभयो । फेरि समीक्षा अधिकारीसँग गीत गाउन स्टेजमा आउने भन्दै उहाँ बिदा हुनुभयो ।

यति गीत गाइसक्दा साँझको ९ बजेर ४० मिनेट गइसकेको थियो । त्यसपछि उद्घोषक करुणा बस्नेतले स्टेजमा गायक समीक्षा अधिकारीलाई बोाउनुपूर्व नृत्य निर्देशक संघ सुन्दरहरैंचालाई साङ्गीतिक प्रस्तुतिका लागि बोलाउनुभयो । संघका कलाकारले ऐसा जादू डाला रे… बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

पौने १० बजे समीक्षा अधिकारी ‘कता हिँडेको हो भन्ने गीत गाउँदै स्टेजमा चढेर दर्शकसँग भूमिका बाँध्दै के हो तिम्रो नाम, बहिनी परिचय पाऊँ भन्ने गीतमा नृत्य गर्नुभएको थियो । पछाडि भएका दर्शक नाचेनन् भनेर कता हिँडेको हो भन्ने गीत अधिकारीले पुनः बजाउन लगाएर आफू स्टेजमा नाचेर दर्शकलाई पनि नाच्न लगाउनुभएको थियो ।

त्यसपछि उहाँले शिरैमा सिन्दुर आहा…., सूर्ति माड्दैमाड्दै गयो जोबान…, कुरा बुझ्नुपर्छ….., प्रत्येक गीतमा दर्शकले नाचेर भरपूर साथ दिएका थिए । तर समीक्षा अधिकारीको एकल गीत गायन दर्शकले खासै मन नपराएको देखिन्थ्यो । सवा १० नबज्दै केही दर्शक एक्स्पो स्थलबाट बाहिरिएका थिए ।

सवा १० मा बद्री पंगेनी पुनः स्टेजमा चढेपछि पंगेनी र अधिकारीले कन्याराशि…., धनगढीको बसमा…गीत प्रस्तुत गरेका थिए । सुर्खेत बजार जाउँला बोलको गीत भने पंगेनी र अधिकारीले विराटचोक बजारमा जाउँला बोलको भाकामा गाएका थिए । यतिञ्जेलसम्ममा पौने ११ बजेको थियो । उपस्थित भएकामध्ये एक तिहाइ दर्शक घर फर्केका थिए । पंगेनी र अधिकारीले पनि आफ्नो प्रस्तुति अन्त्य गरेका थिए ।

आज दर्शकको सङ्ख्या पनि धेरै थियो । एक्स्पोमा निम्त्याइएका कलाकारले गीत गाउँदा दर्शकले पनि गीतसँगै नृत्य गरेका थिए ।

लोकगीतको बीचमा हिन्दी गीतमा नृत्य प्रस्तुत गरिँदा भने केही दर्शकले मन पराएका थिएनन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments