विराटचोकः फागुन १० गतेसम्म सञ्चालन हुने सुन्दरहरैंचा विराट एक्स्पो ४ मा सुन्दरहरैंचाको नानोकन उद्योगले राखेको स्टलमा तस्बिर खिचाउने र सेल्फी खिच्नेको पनि भीड लाग्ने गरेको छ ।
कंक्रिटका उच्च गुणस्तरका सामग्री उत्पादन गरिरहेको नानोकन उद्योग विराट एक्स्पो ४ का लागि पनि सहयोगी बनेको छ । सो उद्योगबाट उत्पादित प्रिकास्ट बाउण्ड्री वालले घेराबारा गरी एक्स्पो स्थललाई सुरक्षित बनाइएको छ ।
उद्योगले सडक निर्माणदेखि घर आँगनमा बिछ्याउने टायलसम्मका धेरै प्रकारका वस्तु उत्पादन गर्ने गरेको सञ्चालक रोशन कट्टेल बताउनुहुन्छ । ग्राहकको मन जित्न उद्योग सदैव तत्पर रहेको उहाँको भनाइ छ ।
उद्योगले एक्स्पोमा टिकटक बनाएर पुरस्कार जित्न आह्वान गरेको छ । सेल्फी र तस्बिर खिच्नेको भीड बढ्न थालेपछि उद्योगले आफ्नो स्टलमा टिकटक बनाएर नानोकनको फेसबुक पेजमा शेयर गर्नेमध्ये सबैभन्दा धेरै लाइक र भ्युज हुने प्रतिष्पर्धीलाई पुरस्कार दिने व्यवस्था गरिएको उद्योगले जनाएको छ ।