Friday, December 5, 2025
Homeफिचरसुन्दरहरैंचा विराट एक्स्पोको वास्तु प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेख्य उपस्थिति

सुन्दरहरैंचा विराट एक्स्पोको वास्तु प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेख्य उपस्थिति

विराटचोकः माघ ३० गतेदेखि शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पो ४ को मुख्य आकर्षणमध्येको एक वास्तुकला प्रदर्शनी स्थल रहेको छ । दिनहुँ सयौँको सङ्ख्यामा अवलोकनकर्ता आएर वास्तुसम्बन्धी जिज्ञासा राख्ने गरेको सो प्रदर्शनीका परिकल्पनाकार तथा नेपाल ज्योतिष परिषद् कोशी प्रदेशका अध्यक्ष बाबुराम निरौला बताउनुहुन्छ ।

भवन निर्माणमा वास्तुको महत्वपूर्ण भूमिका हुने बुझेका व्यक्तिहरू सुन्दरहरैंचा विराट एक्स्पोमा राखिएको वास्तुकला प्रदर्शनी स्थलमा उल्लेख्य मात्रामा जाने गरेका छन् । वास्तु प्रदर्शनी अभिरुचिका साथ हेर्ने तथा जिज्ञासा राख्ने गरेको निरौला बताउनुहुन्छ । विद्यार्थीले चासोका साथ वास्तुसम्बन्धी जिज्ञासा राख्दा वास्तुको महत्व सबैले बुझ्न चाहेको र आगामी दिनमा भवन निर्माण गर्दा वास्तुशास्त्रलाई महत्व दिनेको सङ्ख्या बढ्ने विश्वास लागेको उहाँ बताउनुहुन्छ ।

‘अध्ययन कोठा कता राख्ने भनेर सोध्दै विद्यार्थी आउनुहुन्छ,’ अध्यक्ष निरौलाले भन्नुभयो, ‘बनिसकेको भवनमा वास्तुदोष मेटाउन के गर्नुपर्छ भनेर सोध्दै आउने पनि प्रशस्त हुनुहुन्छ ।’ अवलोकनकर्ताले चासोका साथ वास्तुज्ञान लिन खोजेको देखिएकाले आगामी दिनमा भवन निर्माण गर्दा वास्तुदोष नरहने वा सकेसम्म कम हुने गरी भवन निर्माण हुने अपेक्षा गरेको उहाँको भनाइ छ ।

वास्तुज्ञान प्रदर्शनी स्थलमा भवन वा आवासमा अध्ययन कक्ष कुन दिशामा राख्ने भन्ने जानकारीका साथै पूजाकोठा, भान्सा, शयनकक्ष, शौचालय आदि कुन दिशामा राख्ने भनेर चित्रात्मक रुपमा देखाइएको छ । भवनबाहिर ग्यारेज, मन्दिर र पोखरी कता बनाउने तथा खेती गर्ने जमिन र भण्डारण घर कता राख्ने भनेर पनि चित्रात्मक व्याख्या गरिएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments