विराटचोकः माघ ३० गतेदेखि सुन्दरहरैंचाको विराटचोकमा सञ्चालन भइरहेको सुन्दरहरैंचा विराट एक्स्पोमा आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म ४ जना डाक्टरले स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम दिनुहुने भएको छ ।
आयोजक समितिका अनुसार आजको थिमेटिक सेसनमा प्रा. डा. भगवान कोइरालाले बाल स्वास्थ्य सचेतनासम्बन्धी परामर्श दिनुहुने भएको छ । उहाँ कार्डियन सर्जनका मुख्य प्रशिक्षक हुनुहुन्छ ।
प्रा. डा. हेमसागर रिमालले पनि बाल स्वास्थ्य सचेतना सम्बन्धी परामर्श दिनुहुने भएको छ ।
कार्डियोलोजिस्ट प्रा. डा. राजेश नेपालले मुटु रोगसँग सम्बन्धित विषयमा परामर्श दिनुहुने भएको छ ।
प्रा. डा पप्पु रिजालले क्यान्सर र एचपीभी खोपको बारेमा जानकारी दिनुहुने आयोजकले जनाएको छ ।







