Saturday, July 19, 2025
HomeUncategorizedसुन्दरहरैंचा विराट एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरेपछि कृषि उत्पादनको बिक्रीमा वृद्धि हुँदै

सुन्दरहरैंचा विराट एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरेपछि कृषि उत्पादनको बिक्रीमा वृद्धि हुँदै

विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा माघ ३० गतेदेखि जारी सुन्दरहरैंचा विराट एक्स्पो ४ मा आयोजकले आज निःशुल्क प्रवेशको व्यवस्था गरेपछि आगन्तुकको संख्या बढ्नुका साथै व्यापार पनि हुन थालेको व्यवसायीले बताएका छन् ।

अघिल्ला दिनमा कृषि उत्पादनको बिक्री कम भएको व्यवसायीले बताएका थिए । हिजो साँझ बसेको एक्स्पो आयोजक समितिको बैठकले परीक्षणको रूपमा आज दिउँसो ३ बजेसम्म आगन्तुकका लागि निःशुल्क प्रवेश गराउने निर्णय गरेको थियो । आज खाद्य सामग्रीका उत्पादन एक्स्पोको स्टलमा राखेका व्यवसायीको बिक्री राम्रै भएको हिमाली प्रोडक्टकी सञ्चालक गंगादेवी राउतले बताउनुभयो ।

‘हिजोसम्म व्यापार नहुँदा निराशा छाएको थियो’, जुम्लादेखि सामान बेच्न ल्याउनुभएकी राउतले भन्नुभयो, ‘आजदेखि सामान बिक्री हुन थालेकाले व्यवसाय राम्रै हुन्छ कि भन्ने आश पलाएको छ ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments