Tuesday, January 20, 2026
Homeस्थानीययी हुन् सुन्दरहरैंचासँग सम्बन्धित पुस महिनाका समाचारहरू

यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित पुस महिनाका समाचारहरू

विराटचोकः पुस महिनामा पनि सुन्दरहरैंचा नगरपालिकामा चर्चामा आउने किसिमका केही गतिविधि भएका छन् । यस्ता छन् पुस महिनामा विभिन्न सञ्चार माध्यममा प्रकाशित सुन्दरहरैंचा नगरपालिकासँग सम्बन्धित समाचारहरू ।

पुस ४ः नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको भवन निर्माणका लागि मोरङको सुन्दरहरैंचा नगरपालिका–२, मृगौलियास्थित फ्युचर कोलोनी एण्ड रियल स्टेट परिसरमा शिलान्यास ।
पुस ५ः सिटी सफारी चालकका लागि लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीद्वारा सचेतनामूलक कार्यक्रम आयोजना ।
पुस ५ः विराटचोकमा रहेको विराट सिनेमा भएको चलचित्र सिक्कुमको च्यारिटी शोमा दर्शकको उल्लेख्य उपस्थिति ।
पुस ६ः साजीलाल माविका विद्यार्थी युधिष्ठिर घिमिरेले भारतको कालिम्पोङमा भएको कालिम्पोङ इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसीपको पुम्से विधाअन्तर्गतको अण्डर १२ उमेर समूहमा प्रतिष्पर्धा गर्दैै स्वर्ण पदक जितेका छन् ।

पुस ७ः पौडेल वंश प्रतिष्ठानको आयोजनामा सुन्दरहरैंचामा अष्ट जसँग सम्बन्धित अन्तरक्रिया तथा जानकारीमूलक कार्यक्रम सम्पन्न ।
पुस ८ः धरानको हिबिस्कस माध्यमिक विद्यालयले आयोजना गरेको हिबिस्कस क्वीज सिजन ४ मा सुन्दरहरैंचाको साजीलाल मावि पहिलो । धरानको मेघा हिमालयन स्कुल दोस्रो र महेन्द्र माध्यमिक विद्यालय वराहक्षेत्र तेस्रो । आयोजक विद्यालयले सान्त्वना स्थान हात पारेको छ ।
पुस ९ः गणेशपुर टोल विकास संस्थाको आयोजना तथा पूर्वाञ्चल विश्वविद्यालयको प्राविधिक सहयोगमा सुन्दरहरैंचा–७ स्थित शिशिर एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ।

पुस ९ः अर्थमन्त्री रामेश्वर खनालले सुन्दरहरैंचामा रहेको नेपालीरिका होटलको अवलोकन गर्नुभएको छ । जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको होटलले सेवा शुरु गरेपछि मन्त्री खनालले होटलको अवलोकन गरी आवश्यक जानकारी लिनुभएको हो ।
पुस १०ः सुन्दरहरैंचा–१० स्थित हिमालयन इङ्लिस स्कुलमा नेशनल प्याब्सन मोरङको आयोजनामा जिल्लाव्यापी स्पेलिङ कन्टेस्ट प्रतियोगिता सम्पन्न । प्रतियोगितामा विराटनगरको आभा सेकेण्डरी पहिलो ।
पुस १०ः शिक्षा निकेतन माध्यमिक विद्यालयको ३९ औँ वार्षिकोत्सवमा भएको हाजिरीजवाफमा साजीलाल मावि पहिलो, शिक्षा निकेतन दोस्रो र जनता मावि बुधबारे तेस्रो ।

पुस १२ः सुन्दर होटल व्यवसायी संघको अधिवेशनमार्फत् अध्यक्ष पदमा पुनः होटल व्यवसायी उत्सव थापा चयन ।
पुस १३ः सुन्दरदुलारी लायन्सद्वारा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ का १०० विपन्न परिवारलाई न्यानो कपडा वितरण अन्तर्गत फाइभर सिरक वितरण ।
पुस १४ः कोसी साहित्य कला परिषद्को नियमित स्रष्टा भेटघाट कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई र प्रा. अञ्जना भट्टराईसँग भेटघाट ।

पुस १७ः इन्द्रपुर जुनियर जेसीज तथा इन्द्रपुर जेसीजको पदस्थापन सम्पन्न ।
पुस १८ः विराटचोकमा अव्यन्त टेक प्रालि सञ्चालनमा ।
पुस १९ः शिव पाञ्चायन मन्दिर सुन्दरहरैंचा–७ को साधारणसभा सम्पन्न ।
पुस १९ः इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समूहको तेस्रो साधारणसभा सम्पन्न ।
पुस १९ः पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मोरङको २ नम्बर एकाइको अध्यक्षमा सुन्दरहरैंचाका व्यवसायी नरेन्द्र राया निर्वाचित ।

पुस २०ः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ मा बस्तीको बीचमा अलकत्रा प्लाण्ट स्थापना हुन लागेपछि स्थानीयले विरोध जनाउने गरी टोल विकास संस्थाले निर्णय गरेका छन् ।
पुस २०ः साना किसान कृषि सहकारी संस्था लि. मृगौलियाको साधारणसभा सम्पन्न ।
पुस २२ः मङ्गल स्मृति प्रतिष्ठानको नयाँ कार्यसमिति डिल्लीराम अधिकारीको अध्यक्षतामा चयन ।
पुस २२ः सुकुना माविका विद्यार्थी केराबारी निवासी केशव घिमिरेले सरकारी सेवा प्रवेशका विभिन्न ४ परीक्षामा लगातार नाम निकालेपछि क्याम्पसले गर्याे सम्मान ।

पुस २३ः नझरेका फूलहरुको आयोजनामा भएको भाषणकला समापन कार्यक्रममा गजल मुशायारा सम्पन्न । गजलकार रुपनारायण श्रेष्ठका गजलले ततायो सुन्दरहरैंचा ।
पुस २३ः क्युएए प्राप्त कोशी र मधेस प्रदेशका १६ क्याम्पसका प्रमुखबीच सुकुना बहुमुखी क्याम्पसमा अभिमुखीकरण तथा पुनर्ताजगी तालिम शुरु ।
पुस २४ः क्युएए प्राप्त कोशी र मधेस प्रदेशका १६ क्याम्पसका प्रमुखबीच सुकुना बहुमुखी क्याम्पसमा शुरु भएको अभिमुखीकरण तथा पुनर्ताजगी तालिम समापन ।

पुस २६ः सामाजिक मिलन केन्द्र प्रतिष्ठानको तेस्रो वार्षिक साधारणसभामा ज्येष्ठलाई सम्मान । प्रतिष्ठानलाई आर्थिक तथा जिन्सी सहयोग गर्ने अतिथि वक्ताहरुको भनाइ ।
पुस २६ः सुन्दरहरैंचाका सहकारीकर्मी हरि बस्नेत नेपाल कृषि सहकारी संघको केन्द्रीय सञ्चालक सदस्यमा निर्वाचित ।
पुस २६ः कादम्बिनी कृषि सहकारी संस्थाको १३ आँै वार्षिक साधारणसभा सम्पन्न ।

खेलकुद, हात्ती आतङ्क, स्वास्थ्य शिविर र विभिन्न प्रतियोगितालगायत यी हुन् मंसिर महिनामा सुन्दरहरैंचासँग सम्बन्धित समाचारहरू

सुकुम्बासीलाई धनीपूर्जा वितरणदेखि जगद्गुरु सम्मानसम्म यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित कात्तिक महिनाका समाचार

सुकुनाका विद्यार्थी बोर्ड फस्टदेखि स्रष्टा सम्मानसम्म यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित असोज महिनाका समाचारहरू

जेन जी प्रदर्शनलगायत यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित भदौ महिनाका समाचारहरू

६ जना प्राध्यापकको बिदाइ तथा सम्मानदेखि पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज सञ्चालन हुनेसम्मका यी हुन् साउन महिनाका सुन्दरहरैंचाका समाचार

ढुकुर जोडीलाई सम्मानदेखि रात्रिकालीन बजार लगाउनेसम्मका यी हुन् सुन्दरहरैंचाका असार महिनाका समाचारहरू

‘ढुकुर जोडीका लागि आवेदनदेखि करेन्ट लागेर दम्पत्तिको निधनसम्म’ यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित जेठ महिनाका समाचारहरू

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments