Friday, December 5, 2025
Homeफिचरढुकुर जोडीलाई सम्मानदेखि रात्रिकालीन बजार लगाउनेसम्मका यी हुन् सुन्दरहरैंचाका असार महिनाका समाचारहरू

ढुकुर जोडीलाई सम्मानदेखि रात्रिकालीन बजार लगाउनेसम्मका यी हुन् सुन्दरहरैंचाका असार महिनाका समाचारहरू

विराटचोकः सुन्दरहरैंचालाई देश तथा विदेशमा चिनाउने गरी सुन्दरहरैंचामा असार महिनामा केही काम भएका छन् । नगरले प्रत्येक वडाबाट १ जोडी दम्पत्तिलाई ढुकुर जोडी भनेर सम्मान गरेको छ । त्यस्तै, विराटचोक क्षेत्रमा रात्रिकालीन वा सन्ध्याकालीन बजार लगाउने विषयमा पनि छलफल भएको छ । यीलगायत असार महिनामा सञ्चारमाध्यममा सुन्दरहरैंचासँग सम्बन्धित भएका केही समाचार यस्ता थिएः

१ असार
गछिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न । नेतृत्व हात पार्न ४ समूहले उम्मेद्वारी दिएका थिए ।

करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर मृत्यु भएका सुन्दरहरैंचा–७ खयरडाँडाका दम्पत्ति कान्छा भनिने पूर्ण लिम्बू र उहाँकी श्रीमती भुलमाया लिम्बूको इटहरीस्थित बुढीगंगा मुक्तिघाटमा अन्त्येष्टी ।

२ असार

महिला अधिकारको लागि राष्ट्रिय अभियानको आयोजनामा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ३ मा क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न ।

गछिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उमेश वस्तीको प्यानल विजयी ।

५ असार
सुन्दरहरैंचा उद्योग वाणिज्य संघद्वारा आयोजित १ करोड संकलन अभियान प्रारम्भ, व्यवसायी रञ्जित कार्कीद्वारा ३१ हजार १०० रुपैयाँ प्रदान गरी कार्यक्रम शुभारम्भ

८ असार
सुन्दरहरैंचा नगरपालिकाको आगामी आर्थिक वर्षको नीति र कार्यक्रम सोह्रौँ नगरसभामा प्रस्तुत

९ असार
सुन्दरहरैंचा उद्योग वाणिज्य संघद्वारा करदाता शिक्षा अभिमुखीकरण कार्यक्रम सञ्चालन, उद्योगी तथा व्यवसायीको उल्लेख्य सहभागिता

१० असार
आगामी आर्थिक वर्षका लागि सुन्दरहरैंचा नगरपालिकाद्वारा १ अर्ब ७१ करोड २७ लाख ९ हजार १८० रुपैयाँको बजेट प्रस्तुत ।

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल गोठगाउँमा शल्यक्रिया सेवा शुरु । २८ वर्षीय पुरुषको कुमको सफल शल्यक्रिया

११ असार
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोग तथा इष्ट मिडिया नेटवर्कको आयोजनामा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ९ का बासिन्दाका लागि कौसीखेती तालिम शुरु

१२ असार
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोग तथा इष्ट मिडिया नेटवर्कको आयोजनामा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ९ का बासिन्दाका लागि कौसीखेती तालिम सम्पन्न

१३ असार
असार १० गते आगामी आर्थिक वर्षका लागि सुन्दरहरैंचा नगरपालिकाका उपप्रमुख अकली चौधरीले प्रस्तुत गर्नुभएको १ अर्ब ७१ करोड २७ लाख ९ हजार १८० रुपैयाँको बजेट पारित ।

१४ असार
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष खेम न्यौपानेलाई मातृशोक । न्यौपानेकी आमा सरस्वती न्यौपानेको ९१ वर्षको उमेरमा निधन ।

सुकुना सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा वन उपभोक्ता समूहका पदाधिकारीका लागि उद्घोषण तालिम शुरु ।

१५ असार
सुन्दरहरैंचा ११ कर्जुनामा रोपाइँ गरी धान दिवस मनाइएको छ ।

१७ असार
सुन्दरहरैंचा नगरपालिकाले दलित उत्थान कार्यक्रमअन्तर्गत दलित समुदायलाई १० लाख रुपैयाँको पेशागत सामग्री प्रदान गरेको छ ।

नेपालिरिका होटल र ब्राइट फ्युचर स्कुलबीच सम्झौता सम्पन्न । सम्झौताअनुसार ब्राइट फ्युचरमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले हरेक वर्ष एक महिना नेपालिरिका होटलमा अनिवार्य इन्टर्नसीप गर्न पाउने ।

१८ असार
सुकुना सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा भएको उद्घोषण तालिमको समापन

२० असार
सुन्दरहरैंचा नगरपालिकाको चालु आर्थिक वर्षको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सुन्दरहरैंचा–५ मा रहेको सतकबीर धार्मिक भवनमा सम्पन्न ।

२१ असार
सुन्दरहरैंचामा रात्रिकालीन बजार लगाउने विषयमा प्रारम्भिक छलफल । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा भएको छलफलको दोस्रो चरणमा घरधनीसँग अन्तरक्रिया गरिने ।

नझरेका फूलहरुद्वारा आयोजित उद्घोषण तालिम समापन ।

हसिना सिमसारलाई डिभिजन वन कार्यालयले दियो दुनाटपरी बनाउने मेसिन । सिमसारमा आउने पर्यटक र वनभोजका लागि जाने टोलीका लागि तिनै दुनाटपरी प्रयोग गरी प्लाष्टिकका प्लेट निषेध गरिने सिमसारको भनाइ ।

स्वालम्बन विकास मञ्च (सिड नेपाल) द्वारा विद्यालय निरन्तरतासम्बन्धी सामाजिक परीक्षण सुन्दरहरैंचा–८ मा रहेको शिक्षा निकेतन माविमा सम्पन्न ।

२२ असार
विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिको सहजीकरणमा सुन्दरहरैंचा–१२ को सार्वजनिक सुनुवाइ सम्पन्न ।

असार २६
स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनासम्बन्धी कार्यक्रम सुन्दरहरैंचा नगरपालिकामा सम्पन्न ।

असार २७
पञ्चायत मावि सुन्दरहरैंचा–७ गोठगाउँलाई एनएमबी बैंक गोठगाउँ शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ लाख ५० हजार रुपैयाँ मूल्यबराबरका ३२ जोडी डेस्कबेञ्च प्रदान ।

असार २८
सुन्दरहरैंचा महिला मञ्चको आयोजनामा क्षमता विकास तथा उद्घोषण तालिम प्रारम्भ ।

देवस्थल किरातेश्वर शिवालय मन्दिर सुन्दरहरैंचा–६ मा एक महिना आयोजना हुने श्रावण मासोत्सवको बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना ।
सुन्दरहरैंचा–१० खोर्साने चोकमा निर्माण गरिएको खोर्सानीको प्रतिमासहितको लायन्स स्तम्भको उद्घाटन ।

धनकुटाको भेडेटारमा भएको सुनचाँदी व्यवसायी संघ सुन्दरहरैंचाको अधिवेशनबाट संघको अध्यक्षमा टेकमणि न्यौपाने (विवेक) चयन ।

२९ असार
सुन्दरहरैंचा नगरपालिकाले शुरु गर्याे नयाँ अभ्यास । प्रत्येक वडाका १२ उत्कृष्ट दम्पत्ति (ढुकुर जोडी) चयन । प्रत्येक जोडीलाई दोसल्ला, प्रमाणपत्र र नगद १० हजारसहित सम्मान ।

भानु साझा पुस्तकालय र नझरेका फूलहरुको संयुक्त आयोजनामा भानु साझा पुस्तकालय सुन्दरहरैंचा–५ तीनपैनीमा गायक लोचक भट्टराईको प्रमुख आतिथ्यतामा २१२ औँ भानु जयन्ती सम्पन्न ।

सम्बन्धित समाचारहरूः
‘ढुकुर जोडीका लागि आवेदनदेखि करेन्ट लागेर दम्पत्तिको निधनसम्म’ यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित जेठ महिनाका समाचारहरू

यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित बैशाख महिनाका समाचारहरू

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments