Tuesday, January 20, 2026
Homeराजनीतिनिर्वाचनलाई सफल पार्न खोटाङका दलहरूको सामूहिक प्रतिबद्धता

निर्वाचनलाई सफल पार्न खोटाङका दलहरूको सामूहिक प्रतिबद्धता

खोटाङः माघ ५ गते भएको अन्तरक्रियामा खोटाङका राजनीतिक दलले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सामूहिक प्रतिबद्धता जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले हिजो दिक्तेलमा प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताको पालनाका बारेमा आयोजना गरेको अन्तक्र्रिया तथा छलफल कार्यक्रममा सहभागी जिल्लाका ११ राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले सामुहिक प्रतिबद्धता जनाएका हुन् ।
छलफलमा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्यिस्ट पार्टी, रास्वपा, राप्रपा, जसपा, नेकपा माओवादी, श्रम संस्कृति पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, जसपा नेपाल र मंगोल नेशनल अर्गनाइजेसनका प्रमुख तथा प्रतिनिधिले निर्वाचनलाई सफल बनाउन प्रतिबद्धता जनाएका हुन् ।

मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गर्नका लागि सबै पक्षलाई आग्रह गर्नुभएको थियो । निर्वाचन आचारसंहिता तथा त्यसमा भएको व्यवस्थाबारे जानकारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ताको अघिल्लो दिन राजनीतिक दल, पत्रकार, प्रशासन, नागरिक समाज, सुरक्षाकर्मी लगायतसँग छलफल तथा अन्तरक्रिया गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments