Tuesday, January 20, 2026
Homeफिचरसुकुनाका विद्यार्थी बोर्ड फस्टदेखि स्रष्टा सम्मानसम्म यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित असोज महिनाका...

सुकुनाका विद्यार्थी बोर्ड फस्टदेखि स्रष्टा सम्मानसम्म यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित असोज महिनाका समाचारहरू

विराटचोकः २०८२ सालको असोज महिनामा सुन्दरहरैंचासँग सम्बन्धित केही घटना समाचारको विषय बनेका छन् । सुन्दरहरैंचासँग सम्बन्धित सुखद र दुःखद दुवै किसिमका घटना असोज महिनामा समाचारका विषय बनेका छन् । यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित असोज महिनाका मुख्य समाचारहरु

असोज २
जेनजी आन्दोलनमा आगजनी भएको सुन्दरहरैंचाको विराटचोकमा रहेको नेपालीरिका होटलद्वारा कुनै पनि कर्मचारीको जागिर नखोसिने र दशैं बोनस पनि खुवाइने उद्घोष ।

असोज ३
संविधान दिवसको अवसर पारेर स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले आयोजना गरेको रक्तदानमा १३ पिण्ट रगत सङ्कलन ।

असोज ४
सुकुना बहुमुखी क्याम्पसकी विद्यार्थी प्रभा थापा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको बीबीए पाँचौं सेमेष्टरको नतिजामा ४.०० एसजीपीए ल्याउँदै बोर्ड प्रथम । सोही क्याम्पसका अर्चना रिजालले ३.९९ एसजीपीए तथा प्रकृति लुइँटेल, योबी गुरुङ र स्मृति बस्नेतले ३.९८ एसजीपीएसहित उत्कृष्ट स्थान हासिल ।

असोज ६
सुन्दरहरैंचा निवासी साहित्यकार छवि वैरागी घिमिरेको उपन्यास वि वि शा रा को गृह विमोचन । अघिल्लो महिना सो कृतिको विमोचन काठमाडौंमा गरिएको थियो ।

गछिया जेसीज र सुन्दरदुलारी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा गछियामा भएको रक्तदान कार्यक्रममा ३७ पिण्ट रगत सङ्कलन

असोज ७
जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि कामकाज प्रभावित भएको सुन्दरहरैंचा नगरपालिकाको कामकाज सहजताको लागि पूर्व नगरप्रमुख शिवप्रसाद ढकालको पहलमा सुन्दरहरैंचा नगरपालिकालाई स्टिल दराज १० थान, टेवल कम्प्युटर १० थान, कम्प्युटर ८ थान र प्रिन्टर ४ थान हस्तान्तरण गरिएको हो । ती सामग्रीमध्ये सबैभन्दो धेरै आरएनजी कंक्रिट प्रालिले १० थान दराज, १० थान टेवल कम्प्युटर उपलब्ध गराएको थियो । प्याब्सन सुन्दरहरैंचाद्वारा ६ थान कम्प्युटर र प्रिन्टर प्रदान । सिद्धार्थ सेकेण्डरी स्कुलद्वारा शिक्षा शाखामा रहने गरी एउटा टेबल प्रदान ।

असोज ८
सुन्दरहरैंचा उद्योग वाणिज्य संघद्वारा शुभकामना आदानप्रदान तथा चाडपर्व लक्षित छलफल आयोजना ।

असोज १०
सुन्दरहरैंचा–१० खोर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलद्वारा उमेरहदका कारण अनिवार्य अवकाश पाउनुभएका विद्यालय बसका सहचालक खड्गबहादुर खड्कालाई कदरपत्रका साथमा नगद ५१ हजार र दोसल्लाद्वारा सम्मान

असोज १९
उदयपुरको बेलकामा खहरे खोलामा आएको बाढीले माइक्रो बगाउँदा सुन्दरहरैंचा–३ स्थायी घर भई हाल मेलम्ची–१० सिन्धुपाल्चोक बस्ने मञ्जु गौतम अधिकारीको मृत्यु ।

असोज २८
नेपाल बप्तिस युवा सङ्गतिको ३० औँ वार्षिकोत्सव गोठगाउँमा शुरु । वार्षिकोत्सवमा राष्ट्रिय गानका रचयिता व्याकुल माइलाका साथै फुटबल खेलाडी अनिता बिष्ट र हीरा भुजेल सम्मानित ।

असोज २९
गोठगाउँमा असोज २८ मा शुरु भएको नेपाल बप्तिस युवा सङ्गतिको ३० औँ वार्षिकोत्सव सम्पन्न ।

असोज ३१
नझरेका फूलहरुको आयोजनामा भएको कार्यक्रममा स्रष्टा दिनेश अधिकारी विराटचोकमा सम्मानित ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments