Friday, December 5, 2025
Homeफिचरजेन जी प्रदर्शनलगायत यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित भदौ महिनाका समाचारहरू

जेन जी प्रदर्शनलगायत यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित भदौ महिनाका समाचारहरू

विराटचोकः भदौ महिनामा नेपालका लागि मात्रै नभएर विश्वका लागि समेत अविष्मरणीय महिनाका रूपमा इतिहासमा नाम लेखिने गरी विभिन्न घटना भए । जेन जी आन्दोलनका साथै सुन्दरहरैंचासँग सम्बन्धित भदौ महिनाका मुख्य समाचारहरू यसप्रकार छन्ः

भदौ १
नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङ जिल्ला महिला विभागद्वारा आयोजित तीज विशेष शुभकामना आदान–प्रदान तथा नृत्य प्रतियोगिता सुन्दरहरैंचा–१० स्थित सुकुना माविमा सम्पन्न

पाथीभरा स्वतन्त्र महिला समाजको नवौँ वार्षिकोत्सव तथा साधारणसभा एवम् तीज विशेष कार्यक्रम सम्पन्न ।

भदौ ४
जागृत युवा समाजको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा साजीलाल माविकी विद्यार्थी रोजिना कार्की पहिलो, ‘जलवायु परिवर्तनले नेपालमा पारेको प्रभाव’ शीर्षकमा भएको वक्तृत्व प्रतियोगितामा ९ जना प्रतियोगी थिए ।

भदौ ५
सामाजिक मिलन केन्द्र प्रतिष्ठानको आयोजनामा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न, प्रतियोगितामा कौशिकी नृत्य समूह पहिलो

भदौ ६
संघीय शिक्षा ऐनको विरोधमा प्याब्सन सुन्दरहरैंचा र एन प्याब्सन सुन्दरहरैंचा आबद्ध विद्यालयका सञ्चालकहरूद्वारा सुन्दरहरैंचा नगरपालिकाको प्रवेशद्वारमा कोणसभा गर्नुको साथै नगरपालिकादेखि बलियासम्म विद्यालय बसको र्याली निकालेर शान्तिपूर्ण विरोध

भदौ ७
कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाद्वारा तीज पर्वको अवसर पारेर तीज गीत नृत्य प्रतियोगिता आयोजना

नझरेका फूलहरूले भदौ महिनाका हरेक शनिबार स्रष्टासँग शनिबार कार्यक्रम आयोजना गर्ने निर्णयगरेअनुसार पहिलो शनिबार गजलकार राज भट्टराईलाई प्रस्तुत

भदौ १०
तीज पर्वको अवसरमा लालीगुराँस भजनकीर्तन समूहद्वारा विविध कार्यक्रम सम्पन्न

सृजनशील समाजले आयोजना गरेको तीज गीत विवाहित महिला खुला नृत्य प्रतियोगिता सम्पन्न, प्रतियोगितामा खोर्साने आमा समूह पहिलो ।

भदौ ११
लायन्स क्लब अफ सुन्दरदुलारीको पदस्थापन सुन्दरहरैंचा–४ गोदावरी रिसोर्टमा सम्पन्न ।

भदौ १२
गछिया खानेपानी तथा उपभोक्ता सरसफाइ समितिमा अनियमितता भएको आशङ्कामा छानबिनका लागि गठित समितिद्वारा समितिका नवनिर्वाचित अध्यक्ष उमेश वस्तीसमक्ष १ करोड रूपैयाँभन्दा बढी अनियमितता र बेरुजु देखिएको प्रतिवेदन प्रस्तुत ।

भदौ १३

सुन्दरहरैंचा नगरपालिकाकी कर्मचारी निर्मला ढुङ्गानाको उपचारका क्रममा निधन

भदौ १४
अबको सुन्दरहरैंचा विषयक बहस कार्यक्रम सुन्दरहरैंचास्थित नेपालीरिका होटलमा सम्पन्न । विभिन्न क्षेत्रका विज्ञले सो बहसमा भाग लिनुभएको थियो । इन्द्रपुर जुनियर जेसीजको आयोजनामा कार्यक्रम भएको थियो ।

गोदावरी रिसोर्टद्वारा चाडपर्व लक्षित छुटको जानकारी दिन पत्रकार सम्मेलन आयोजना, चाडपर्वलाई लक्षित गरेर शुल्कमा १० प्रतिशत छुट दिइएको जानकारी

नझरेका फूलहरूको आयोजनामा भइरहेको स्रष्टासँग शनिबारको दोस्रो शृङ्खलामा धराननिवासी डा. अस्मिता बिष्टद्वारा एकल कविता वाचन

सुन्दरहरैंचानिवासी साहित्यकार छवि वैरागीको उपन्यास ‘विविशारा’ काठमाडौंमा लोकार्पित

राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर सुन्दरहरैंचामा रहेको मोरङ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा ‘पुस्तकालय’ शीर्षकमा भएको कविता प्रतियोगितामा साजीलाल माविका बालकृष्ण दाहाल पहिलो ।

भदौ १५
लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारत र चीनले गर्न लागेको अतिक्रमणको विरोधमा सुन्दरहरैंचामा र्याली प्रदर्शन

सुन्दरहरैंचा–७ गणेशपुरमा खुल्न लागेको क्रसरले बस्तीलाई असर गर्ने भनी तीन वटा टोल विकास संस्थाले दिएको निवेदनपछि अनुगमनका लागि गएका मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा सञ्चारकर्मीमाथि दुव्र्यवहार

सुन्दरहरैंचा–११ कर्जुनास्थित त्रिपुरेश्वर शिवमन्दिर सेवा समितिको आयोजनामा ऊर्जा ध्यान शिविर समापन, योगशाला उद्घाटन तथा चन्दादाता सम्मान कार्यक्रम सम्पन्न

भदौ १६
सुन्दरहरैंचा–७ गणेशपुरमा खुल्न लागेको क्रसरले बस्तीलाई असर गर्ने भनी तीन वटा टोल विकास संस्थाले दिएको निवेदनपछि अनुगमनका लागि गएका मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सञ्चारकर्मीमाथि गरेको दुर्व्यवहारप्रति खेद व्यक्त गर्दै माफी मागेपछि घटनालाई अघि नबढाउने नेपाल पत्रकार महासंघको निर्णय

भदौ १७
सुन्दरहरैंचा नगरपालिकाकी कर्मचारी निर्मला ढुङ्गानाको निधनमा नगरपालिका र अन्तर्गतका कार्यालयमा शोक बिदा ।

भदौ १९

रेडक्रस दिवसको अवसर पारेर नेपाल युवा रेडक्रस सर्कल पञ्चायत माविको आयोजनामा विद्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा ३३ पिण्ट रगत सङ्कलन

भदौ २०
समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान नेपाल नामक संस्थाले ‘स्वतन्त्रको एकता, महाकाली मेची यात्रा’ नाम दिएर धनगढीबाट शुरु गरेको अभियानका अभियानकर्मीलाई स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाद्वारा समाजको कार्यालयमा स्वागत सम्मान गर्नुका साथै अन्तरक्रिया सम्पन्न

भदौ २१
नझरेका फूलहरूको आयोजनामा भइरहेको स्रष्टासँग शनिबारको तेस्रो शृङ्खलामा ‘साहित्यको परिधि, प्रभाव र परिदृश्य’ बारे संवाद परिसंवाद कार्यक्रम सम्पन्न । मोहन तिम्सिनाको सहजीकरणमा भएको कार्यक्रममा सञ्चारकर्मी चन्द्र भण्डारी, शिक्षाविद् डा. मोहन तुम्बाहाङ र डा. इन्दिरा मिश्रले चर्चा परिचर्चा गर्नुभएको थियो ।

भदौ २३
भ्रष्टाचार अन्त्य तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवाको माग गर्दै देशभर जेन जीले गरेको आन्दोलनका क्रममा सुन्दरहरैंचा नगरपालिकाअगाडि जेन जीको प्रदर्शन ।

भदौ २४
जेन जी आन्दोलनका क्रममा सुन्दरहरैंचा नगरपालिका, नगर प्रमुख केदारप्रसाद गुरागाईँको निवास, पूर्व नगरप्रमुख शिवप्रसाद ढकालको निवास र नेपालीरिका होटलमा तोडफोड र आगजनी

भदौ २७
सुन्दरहरैंचा नगरपालिका कार्यपालिकाको बैठक बसी जेन जी आन्दोलनका कारण बन्द रहेको नगरपालिकाका सेवा आइतबारदेखि सुचारु गर्ने निर्णय

भदौ २८

उद्योग वाणिज्य संघको पहलमा बिहान सर्वपक्षीय र दिउँसो जेन जी प्रतिनिधि र सञ्चारकर्मीबीच अन्तरक्रिया

जेन जी आन्दोलनका क्रममा भत्काइएका संरचना निर्माण गर्ने अभियानअन्तर्गत बीएस ग्रूपद्वारा विराटचोकमा प्रहरी बिट स्थापना

भदौ २९
जेन जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीपछि बन्द रहेका सेवा सुचारु, विद्यालय पनि सञ्चालन ।

भदौ ३०
जेन जी आन्दोलनको क्रममा सुन्दरहरैंचा नगरपालिकामा भएको क्षतिको स्थलगत अनुगमन गरी मुचुल्का उठाउने काम सम्पन्न ।

भदौ ३१
जेन जी आन्दोलनका क्रममा सुन्दरहरैंचा नगरपालिकामा भएको भदौ २४ गते भएको तोडफोड र आगजनीका कारण थुप्रिएको फोहर र भवन सरसफाइ, सरसफाइमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, व्यवसायी, राजनीतिक दल तथा सामाजिक संघसंस्थाका प्रतिनिधि र नगरवासीको उल्लेख्य उपस्थिति ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments