विराटचोकः साउन महिनामा सुन्दरहरैंचा नगरपालिकासँग सम्बन्धित धेरै महत्वपूर्ण विषय समाचारको विषय बने । सबैभन्दा महत्वपूर्ण समाचार भनेको सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनको लागि अनुमति दिने भनी सरकारले गरेको निर्णय हो । यीलगायत सुन्दरहरैंचा नगरपालिकासँग सम्बन्धित साउन महिनाका मुख्य समाचारहरु यसप्रकार रहेका छन्ः
साउन ५
लायन्स क्लब अफ इन्द्रपुरको आयोजना र पीएलओ ग्रुपको सहकार्यमा सामाजिक उत्तरदायित्वअन्तर्गत ह्वीलचेयर वितरण
पीएलओ ग्रुपको २६ औँ वार्षिक साधारण सभा तथा डिलर सम्मेलन शुरु
सुन्दरहरैंचा–९ सलकपुरमा आरोग्यधाम प्राकृतिक उपचार केन्द्रको सेवा प्रारम्भ
सुन्दरहरैंचा–९ विराटचोकमा सिद्धार्थ मिष्ठान्न भण्डार तथा टेण्ट हाउसको सेवा प्रारम्भ ।
साउन ६
पीएलओ ग्रुपको २६ औँ वार्षिक साधारण सभा तथा डिलर सम्मेलन समापन
साउन ९
सुकुना बहुमुखी क्याम्पसबाट सेवानिवृत्त हुनुभएका ६ जना प्राध्यापक र एक जना कर्मचारीको सम्मान तथा बिदाइ ।
साउन १०
विजय ओझाको नेतृत्वमा पहिलो पाइला नेपाल सुन्दरहरैंचाको नयाँ समिति चयन ।
सुन्दरहरैंचा–९ विराटचोकमा खुल्यो चन्द्र विराट स्केटिङ पार्क ।
साउन १२
कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले मृतक शेयर सदस्यको घरमै पुगेर परिवारका सदस्यलाई १ लाख १० हजार रुपैयाँ राहत प्रदान ।
साउन १६
सुन्दरहरैंचा–११ निवासी गायक अनु बुढाथोकीको स्वरमा ‘उता तीजको लहर’ बोलको तीज गीत युट्युब च्यानलमार्फत् सार्वजनिक
इन्द्रपुर जेसीजको आयोजनामा सुन्दरहरैंचाको विराटचोकमा कर्पाेरेट फुटसल प्रतियोगिता शुरु ।
साउन १७
जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भएको स्वतन्त्र नागरिक समाज मोरङको औपचारिक घोषणा सुन्दरहरैंचा–१० स्थित पानस पार्टी प्यालेसमा सम्पन्न
पत्थरघट्टा युवा समाजको आयोजनामा अटिजमसम्बन्धी जनचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम शिक्षक र अभिभावकलाई प्रदान
इन्द्रपुर जेसीजको आयोजनामा सुन्दरहरैंचाको विराटचोकमा भएको कर्पाेरेट फुटसल प्रतियोगिता समापन ।
साउन १९
अनुरोध साहको अध्यक्षतामा लायन्स क्लब अफ रोयल गोठगाउँ सिटी गठन
बहुविवाह गर्न पाउने गरी बन्न लागेको ऐनको मस्यौदाको विरोधमा स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाद्वारा सुन्दरहरैंचा नगरपालिकाको प्रवेशद्वारमा विरोध प्रदर्शन ।
साउन २०
बहुविवाह गर्न पाउने गरी बन्न लागेको ऐनको मस्यौदाको विरोध गर्दै सुन्दरहरैंचामा क्रियाशील महिला अधिकारकर्मीद्वारा विरोध र्याली र कोणसभा प्रदर्शन । विराटचोकबाट शुरु भएको र्याली नगरपालिकाको प्रवेशद्वारमा पुगेर धर्ना र कोणसभामा परिणत,
सुकुना बहुमुखी क्याम्पसले भर्ना अभियानसँग जोडेर टिकटक प्रतियोगिता गर्ने गरी सूचना आह्वान । साउन १० गते बिहान ११ बजेदेखि भदौ १० गते बिहान ९ बजेभित्र पोष्ट भएका टिकटक भिडियो प्रतियोगितामा सहभागी हुन पाउने,
साउन २४
स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाको कार्यालय उद्घाटन तथा पूर्वाञ्चल विश्वविद्यालयका विभिन्न पद तथा समितिमा चयन हुनुभएका व्यक्तिलाई बधाई तथा सम्मान
साउन २९
गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनको लागि अनुमति
साउन ३०
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर जागृत युवा समाजद्वारा जलवायु परिवर्तनले नेपालमा पारेको असर विषयमा वक्तृत्वकला प्रतियोगिता
साउन ३१
लायन्स क्लब अफ गछियाको आयोजनामा सुन्दरहरैंचा–७ गोठगाउँमा रक्तदान कार्यक्रमको आयोजना
ढुकुर जोडीलाई सम्मानदेखि रात्रिकालीन बजार लगाउनेसम्मका यी हुन् सुन्दरहरैंचाका असार महिनाका समाचारहरू







