Tuesday, January 20, 2026
Homeफिचरतेह्रथुममा रास्वपाका जिल्लादेखि वडा तहसम्मका कार्यकर्ताले दिए सामुहिक राजीनामा

तेह्रथुममा रास्वपाका जिल्लादेखि वडा तहसम्मका कार्यकर्ताले दिए सामुहिक राजीनामा

वसन्तपुरः पार्टी केन्द्रले जिल्लाको भावना र स्थापित विधिलाई मिचेर उम्मेद्वार चयन गरेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुमका जिल्ला कार्यसमितिसहित जिल्लाभरका सबै स्थानीय तहका कमिटीहरूले सामुहिक राजीनामा दिएका छन् ।

पार्टीका केन्द्रीय सभापति रवि लामिछानेलाई सम्बोधन गरी पठाइएको राजीनामा पत्रमा आगामी निर्वाचनका लागि उम्मेद्वार छनोट गर्दा केन्द्रले मनोमानी गरेको उल्लेख गरिएको छ ।

अवेयर तेह्रथुमका संयोजक इन्जिनियर सुरेन्द्र कार्कीलाई उम्मेद्वार बनाउने जिल्लास्तरमा राजनीतिक सहमति भए पनि पार्टी केन्द्रले उक्त सहमतिको उपेक्षा गर्दै जिल्ला र प्रदेश समितिको भावना विपरीत ऋतुराज लिम्बूलाई टिकट दिएपछि उनीहरुले राजीनामा दिएका हुन् ।

सामुहिक राजीनामा बुझाउनेहरूमा जिल्ला कार्यसमिति सभापति ई. सुमन खत्री, म्याङलुङ नगरपालिकाका संयोजक गणेश खापुङ, लालीगुराँस नगरपालिकाका सभापति सुमन लिम्बु, मेन्छ्यायेम गाउँपालिकाका संयोजक छात्रबहादुर थापा, छथर गाउँपालिकाका सचिव विष्णु एस. कटुवाल, फेदाप गाउँपालिकाका संयोजक लक्ष्मण थापा र आठराई गाउँपालिकाका सभापति चेतन गौतम रहेका छन् ।

त्यस्तै, तेह्रथुम–काठमाडौं सम्पर्क विभागका संयोजक गुणनिधि दाहालसहित जिल्लाका सबै पालिका र वडा कमिटीका पदाधिकारीहरूले पनि सामुहिक राजीनामा दिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments