Friday, December 5, 2025
Homeफिचर‘ढुकुर जोडीका लागि आवेदनदेखि करेन्ट लागेर दम्पत्तिको निधनसम्म’ यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित...

‘ढुकुर जोडीका लागि आवेदनदेखि करेन्ट लागेर दम्पत्तिको निधनसम्म’ यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित जेठ महिनाका समाचारहरू

विराटचोकः जेठ महिनामा सुन्दरहरैंचासँग सम्बन्धित समाचारले देश, विदेशमा राम्रो चर्चा पाए । सबैभन्दा बढी चर्चा ढुकुर जोडीका लागि आवेदन दिन खुलेको सूचनाले सुन्दरहरैंचाको नाम नेपालभर मात्र होइन विश्वभर नै चिनायो । एक सातासम्म सोही विषयलाई लिएर सामाजिक सञ्जालमा ट्रोल बनिरहे । सञ्चारमाध्यम र सामाजिक सञ्जालका लागि राम्रो ‘मसला’ को रुपमा देखियो सो समाचार ।

यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित केही समाचारः
२ जेठ

सुन्दरहरैंचा नगरपालिका ४ नं वडा कार्यालयको सभाहलमा जागृत युवा समाजको आयोजना तथा आवासका लागि सहयोग समूह (लुमन्ती)को आर्थिक सहयोगमा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न । सुन्दरहरैंचा विभिन्न विद्यालयका विद्यार्थी र जागृत युवा समाजका सदस्यलगायत २५ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न

६ जेठ
सुकुना बहुमुखी क्याम्पसका ६ जना विद्यार्थी देशभरका उत्कृष्ट ३० विद्यार्थीमा पर्न सफल । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको वार्षिक परीक्षाफलअन्तर्गत २०८१ सालको बीबीएस प्रथम वर्षको परीक्षामा योगेश अधिकारीले सर्वाधिक ८१.४ प्रतिशत अङ्क ल्याएर नेपालमै तेस्रो स्थान हासिल गर्न सफल । शङ्करदेव मण्डलले ७९.२ प्रतिशत ल्याई सातौं, उत्तम सञ्जेलले ७७.२ प्रतिशत ल्याई अठारौं र योगेश कार्कीले ७७ प्रतिशत ल्याएर उन्नाइसौं स्थानमा उत्तीर्ण । विज्ञान संकाय (बीएस्सी) तर्फ दिया घिमिरेले ८५.४ प्रतिशत अङ्क ल्याई देशभर दोस्रो स्थान प्राप्त गर्नुभएको छ । समीक्षा पौडेलले ७३.२ प्रतिशत अङ्क ल्याई २१ औं स्थान हासिल गर्न सफल भएपछि क्याम्पसले गर्याे सम्मान ।

७ जेठ

न्यायिक समितिमा सम्बन्ध विच्छेदका मुद्दा बढेपछि त्यसलाई रोक्न नीति तथा कार्यक्रममा समावेश गरिएको उत्कृष्ट ढुकुर जोडीलाई पुरस्कृत गर्ने कार्यक्रमका लागि निवेदन आह्वान । उत्कृष्ट ढुकुर जोडीमा पर्नका लागि विभिन्न १२ शर्तसहित निवेदन माग । देशभर यस कार्यक्रमको विषयलाई लिएर सकारात्मक र नकारात्मक टिप्पणी ।

विराटचोकस्थित नेपालिरिका होटलमा इन्द्रपुर जेसीजले आयोजना गरेको ‘जेसीआई नेपाल बिजनेस एकेडेमी २०२५’ कार्यक्रम शुरु ।

९ जेठ
परोपकार महिला समूहको आयोजनामा तथा सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोगमा पाककला बेकरी तालिम शुरु । तलिममा २४ जनाको सहभागिता ।

१० जेठ
इन्द्रपुर जेसीजले आयोजना गरेको ‘जेसीआई नेपाल बिजनेस एकेडेमी २०२५’ कार्यक्रम सम्पन्न । सो कार्यक्रममा देशभरबाट ६८ जना जेसीजकर्मी सहभागी ।

१४ जेठ
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग तथा दलित उत्थान समन्वय समिति सुन्दरहरैंचाको आयोजनामा वडा नम्बर ७ का दलित समुदायको क्षमता विकासका लागि आयोजित उद्घोषण तालिम सम्पन्न ।

१५ जेठ
गणतन्त्र दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचाको समन्वयमा भएको रक्तदानमा ५८ पिण्ट रगत सङ्कलन ।

गत वर्ष झैँ यस वर्ष पनि सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा संघीय बजेट सुन्ने र अन्तरक्रिया गर्ने कार्य सम्पन्न ।

नझरेका फूलहरुको आयोजनामा सुन्दरहरैंचामा त्रिदिवसीय सृजना उत्सव शुरु । पहिलो दिनको कविता विशेष उत्सव साहित्यकार कुन्ता शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न ।

१६ जेठ
सहायता सामाजिक संस्था सुन्दरहरैंचा र लभ्ली एन्जल्स बोर्डिङ सुन्दरहरैंचा–२ मृगौलियाको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न ।
नझरेका फूलहरुको आयोजनामा सुन्दरहरैंचामा त्रिदिवसीय सृजना उत्सवको दोस्रो दिन गजल उत्सव सम्पन्न । साहित्यकार प्रा.डा. भीम खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न ।

१७ जेठ
नझरेका फूलहरुको आयोजनामा सुन्दरहरैंचामा त्रिदिवसीय सृजना उत्सवमा गजलकार प्रा.डा कृष्णहरि बराल सम्मानित । सम्मानित बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार डा. नवराज लम्साल, मनु मञ्जिललगायतको उपस्थिति ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) कोशी प्रदेशले ‘विद्यालय शिक्षामा परिवर्तनकारी नेतृत्व’ विषयक कार्यशाला कार्यक्रम सलकपुरमा सम्पन्न । कार्यशालामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी संस्थापक प्रिन्सिपल तथा शिक्षकहरूको शैक्षिक र संगठनात्मक विकासलाई लक्षित गर्दै विभिन्न प्रस्तुति दिइएको थियो ।

१८ जेठ
कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाद्वारा सुन्दरहरैंचाका १९५ जना विद्यार्थीलाई झोला वितरण ।

१९ जेठ
सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि नेकपा एमाले निकट प्रगतिशील समूहद्वारा पत्रकार सम्मेलन गरी रामप्रसाद लुइँटेलको नेतृत्वमा उम्मेद्वारी घोषणा र प्रतिबद्धता सार्वजनिक ।

२१ जेठ
सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस निकट लोकतान्त्रिक समूहद्वारा पत्रकार सम्मेलन गरी श्यामप्रसाद ढकालको नेतृत्वमा उम्मेद्वारी घोषणा र प्रतिबद्धता सार्वजनिक ।

आवासका लागि सहयोग समूह (लुमन्ती) को आयोजनामा सामुदायिक योजना तर्जुमाका लागि जनता र जनप्रतिनिधिबीच अन्तरसंवाद कार्यक्रम सम्पन्न ।

समता समाज नेपाल सुन्दरहरैंचाको आयोजनामा भएको समता कप खुला नकआउट फुटसल प्रतियोगितामा योङ स्टार भाउन्ने विजयी । योङ स्टारले ३ का विरुद्ध ७ गोल गर्दै एबी फाइभ विराटनगरलाई पराजित गरेको थियो ।

२३ जेठ
स्वतन्त्र नागरिक समाजको तेस्रो वार्षिकोत्सव जननी आधारभूत विद्यालय सुन्दरहरैंचा ३ का सबै ३० जना विद्यार्थीलाई जुत्ता र कपी वितरण गर्दै सम्पन्न । कार्यक्रम हरियाली विराटनगरका अभियन्ता पारुल क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको थियो ।

२४ जेठ
सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका निर्वाचन सम्पन्न । २५४८ उपभोक्तामध्ये १७१२ जनाले गरे मतदान ।

सर्जक गणेश रसिकको स्मृतिमा नझरेका फूलहरूद्वारा श्रद्धाञ्जली साँझ आयोजना । गायक लाक्पा शेर्पाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न सर्जकले स्वर्गीय रसिकका तथा आफ्ना गीत प्रस्तुत गर्नुभएको थियो ।

२६ जेठ
सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट स्वतन्त्र प्यानलका रामबहादुर तामाङ विजयी । सचिव, सहसचिव र कोषाध्यक्ष पदमा पनि सोही प्यानलबाट विजयी । उपाध्यक्षमा कांग्रेस निकट लोकतान्त्रिक प्यानलका दीपक गुरुङ विजयी ।

२७ जेठ
ब्राइट फ्युचर माध्यमिक विद्यालय सलकपुरका ३ जना विद्यार्थी राष्ट्रिय भलिबल प्रतियोगिताका लागि छनोट भएपछि विद्यालयले गर्याे जीतको कामनासहित बिदाइ ।

२८ जेठ
डिपु टोल विकास संस्था सुन्दरहरैंचाको पहिलो वार्षिक साधारण सभा सम्पन्न ।

पाथीभरा स्वतन्त्र महिला समाज सुन्दरहरैंचाको आयोजनामा मुढा बुन्ने १५ दिन तालिम सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ को कार्यालयमा शुरु ।

प्रगति महिला समाजको आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित मागमा आधारित ढाकाको कपडा बुन्ने तालिम सम्पन्न । ७८ दिन सञ्चालित तालिममा सुन्दरहरैंचाका १५ जना महिलाले सीप सिकेका थिए ।

२९ जेठ
सुनलाई विलासिताको वस्तुमा राखेर सरकारले भन्सार कर बढाएपछि सुन्दरहरैंचाका सुनचाँदी व्यवसायी आन्दालित भएका छन् । उनीहरुले सो करको विरुद्धमा र्याली निकालेका छन् ।

३० जेठ
गत माघ ३० गतेदेखि फागुन १० गतेसम्म सञ्चालित सुन्दरहरैंचा विराट एक्स्पो ४ को आयव्यय सार्वजनिक । एक्स्पोमा १ करोड ४ लाख ८ हजार २४७ रुपैयाँ आय भएकोमा ३९ लाख ३० हजार ७१८ रुपैयाँ खर्च भएको थियो । सो एक्स्पोमा अझै ३८ लाख १६ हजार ९० रुपैयाँ पाउनुपर्ने देखिएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को आयोजनामा जिल्लास्तरीय चित्रकला प्रतियोगिता विराटचोकमा सम्पन्न ।

बालसदन एकेडेमी सुन्दरहरैंचा–९ की विद्यार्थी रेवा पोखरेलले राष्ट्रपति रनिङ शिल्डमा पदक जितेपछि विद्यालयले सम्मान गरेको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन) को आयोजनामा नगरस्तरीय हस्तलेखन प्रतियोगिता सलकपुरमा सम्पन्न ।

खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सुन्दरहरैंचा–७ खयरडाँडाका दम्पत्ति कान्छा भनिने पूर्ण लिम्बू र उहाँकी श्रीमती भुलमाया लिम्बूको करेन्ट लागेर मृत्यु । घरमा खाना पकाएर, मसला ठीक पारेर माछा मार्न नजिकैको मधाहा खोलामा गएका उनीहरु दुवैलाई माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।

३१ जेठ
गछिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साधारणसभा सम्पन्न ।

महिला अधिकारको लागि राष्ट्रिय अभियानको आयोजनामा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ३ मा क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम शुरु ।

सुन्दरहरैंचाको नौलो अभियान, ‘ढुकुर जोडी’लाई गरिने भो सम्मान

सुन्दरहरैंचा नगरको ‘ढुकुर जोडी’ सम्मानको सामाजिक सञ्जालमा यसरी भयो आलोचना र समर्थन

यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित बैशाख महिनाका समाचारहरू

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments