Monday, January 19, 2026
Homeफिचरसुकुम्बासीलाई धनीपूर्जा वितरणदेखि जगद्गुरु सम्मानसम्म यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित कात्तिक महिनाका समाचार

सुकुम्बासीलाई धनीपूर्जा वितरणदेखि जगद्गुरु सम्मानसम्म यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित कात्तिक महिनाका समाचार

विराटचोकः तुलनात्मक रुपमा गत कात्तिक महिनामा पनि सुन्दरहरैंचासँग सम्बन्धित थोरै विषयमात्रै सञ्चारमाध्यममा छाए । थोरै विषय सञ्चारमा आए पनि केही महत्वपूर्ण विषयले सञ्चारमाध्यममा स्थान पाए ।

नगरको वडा नम्बर ८ र १० का ७८ जना सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधानी प्रमाणपूर्जा वितरण गर्ने काम पनि गत महिना सम्पन्न भयो । त्यस्तै, नेपालकै प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यलाई अभिनन्दन गर्ने कार्यक्रम पनि सुन्दरहरैंचामा गत महिना सम्पन्न भएका छन् । यसका साथै यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित गत कात्तिक महिनाका मुख्य समाचारहरू

कात्तिक १
विराट साहित्य समाज सुन्दरहरैंचाको सातौं वार्षिक साधारणसभा सम्पन्न । विदुर सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन ।

कात्तिक ३
जेन जी आन्दोलनका क्रममा अगाजनी र तोडफोड भएपछि क्षति पुगेको सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ मा रहेको नेपालीरिका होटल मर्मत–सम्भारपछि लक्ष्मीपूजाका दिनदेखि पुनः सञ्चालनमा ।

कात्तिक ५
भाइटीका लगाउन भाइले चलाएको कारमा गइरहेकी सुन्दरहरैंचा–१२ निवासी २९ वर्षीया विनिता तामाङको भारतको मिरिकमा भएको दुर्घटनामा परी निधन र

कात्तिक १४
मोन्था चक्रवातको असरका कारण सुन्दरहरैंचामा देशभरमै सबैभन्दा धेरै वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी ।

कात्तिक १५
सुन्दरहरैंचा कला साहित्य विकास समितिको दोस्रो साधारणसभाबाट विदुर सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ।

कात्तिक १९
सुन्दरहरैंचा नगरपालिकाद्वारा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण शुरु । वडा नम्बर ८ र १० का ७८ जना सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपूर्जा प्रदान ।

कात्तिक २१
साहित्यकार मोहनप्रसाद काफ्लेको कृति फिराद पत्रमाथि विमर्श ।

सुन्दरहरैंचा कला साहित्य विकास समितिका नवनिर्वाचित पदाधिकारीलाई गराइयो पदस्थापन ।

कात्तिक २२
ब्याडमिन्टन खेलप्रति विद्यार्थीको रुचि र क्षमता विकास गराउन सुन्दरहरैंचामा एकेडेमीमार्फत् ३ महिना प्रशिक्षण दिइने भएको छ ।

कात्तिक २४
सुन्दरहरैंचामा क्रियाशील दुई धार्मिक संस्था र एक सामाजिक संस्थाको आयोजनामा नेपालकै प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यलाई सम्मान ।

कात्तिक २५
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुने क्रिकेट टिम विराटनगर किंग्सलाई पीएलओ ग्रुपले प्रायोजन गर्ने सम्बन्धमा पीएलो ग्रुप र विराटनगर किंग्सबीच सुन्दरहरैंचाको नेपालीरिका होटलमा सम्झौता ।

जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेद्वारा सार्वजनिक कार्यक्रम सम्पन्न । देशैभरका पालिकामा मोटरसाइकल र्याली निकाल्ने क्रममा सुन्दरहरैंचाको सलकपुरबाट विराटचोक, हरैँचामोड, शुक्रबारे, कर्जुना हुँदै विराटचोकमा आएर र्याली सम्पन्न ।

सुकुनाका विद्यार्थी बोर्ड फस्टदेखि स्रष्टा सम्मानसम्म यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित असोज महिनाका समाचारहरू

जेन जी प्रदर्शनलगायत यी हुन् सुन्दरहरैंचासँग सम्बन्धित भदौ महिनाका समाचारहरू

६ जना प्राध्यापकको बिदाइ तथा सम्मानदेखि पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज सञ्चालन हुनेसम्मका यी हुन् साउन महिनाका सुन्दरहरैंचाका समाचार

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments