विराटचोकः नयाँ वर्षको शुभकामना आदानप्रदान तथा नझरेका फूलहरूको ११ औँ वार्षिकोत्सवमा हुने पलेँटी साँझ शृङ्खलाको ४५ औँ प्रस्तुतिमा युवा कवि सिजन श्रेष्ठले आफ्ना रचना वाचन गर्ने हुनुभएको छ ।
नझरेका फूलहरूले अहिलेसम्म करिब २०० ख्यातिप्राप्त साहित्यकार, कलाकार एवम् संस्कृतिकर्मीलाई सम्मान गरिसकेको घिमिरे बताउनुहुन्छ । गायक, सङ्गीतकार, संस्कृतिकर्मी, गीतकार, साहित्यकार, चित्रकार, अभिनेता, भाषाविद् , खेलाडी लगायतलाई जीवित छँदै सम्मान गर्ने अभियान घिमिरेले सञ्चालन गर्नुभएको हो ।
बैशाख २ गतेको कार्यक्रममा दर्जनभन्दा बढी कविता तथा गजलका साथ श्रेष्ठ प्रस्तुत हुने घिमिरेले जानकारी दिनुभयो ।
सो कार्यक्रम सुन्दरहरैँचा–१० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलको पुस्तकालय हलमा हुने भएको छ ।
‘कलाकार राष्ट्रका गरिमा, निधि र पहिचान हुन्’ भन्ने नारा बोकेर साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने अभियानमा लागेका केपी घिमिरेले सञ्चालन गर्ने पलेँटी साँझले १० वर्षमा ४४ कार्यक्रम प्रस्तुत गरेको छ ।
साहित्यकार सिजन श्रेष्ठ हालै गामबेंसीका कविता पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो ।
‘नझरेका फूलहरू’ द्वारा आयोजित पलेँटी साँझमा मुरलीधरको प्रस्तुति
नझरेका फूलहरूले ४२ औँ पलेँटी साँझमा कृष्णराजा श्रेष्ठलाई निम्त्याउने
जन्मदिनमा सुन्दरहरैंचा आएका गायक दीप श्रेष्ठलाई नगदसहित पलेँटी साँझको सम्मान
नझरेका फूलहरुको ४३ औँ शृङ्खला जेठ १२ गते इटहरीमा