Saturday, April 19, 2025
Homeपर्यटनसुन्दरहरैंचामा भोलिदेखि गोदावरी रिसोर्ट सञ्चालनमा आउने

सुन्दरहरैंचामा भोलिदेखि गोदावरी रिसोर्ट सञ्चालनमा आउने

गछियाः नयाँ वर्षको अवसर पारेर भोलिदेखि सुन्दरहरैंचामा गोदावरी रिसोर्ट सञ्चालनमा आउने भएको छ । यसअघि सञ्चालित त्रिवेणी रिसोर्टमा सञ्चालकहरू परिवर्तन भएसँगै नाम परिवर्तन गरेर रिसोर्ट सञ्चालन हुने भएको हो ।

रिसोर्ट सञ्चालनको पूर्व सन्ध्यामा आज रिसोर्ट परिसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ४० करोडको लगानीमा सो रिसोर्ट सञ्चालनमा आउने भएको हो । १० बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा प्रकृति र मनोरञ्जनको उत्कृष्ट संयोजन रहेको हुनाले अतिथिलाई आरामदायी वातावरणमा अद्वितीय अनुभव दिने लक्ष्य राखेको रिसोर्ट सञ्चालक रमेश खड्काले जानकारी दिनुभयो ।

रिसोर्ट परिसरको रेष्टुरेन्टमा नेपाली तथा विदेशी परिकारको स्वाद लिन सकिने तथा लजमा आरामदायी कोठाहरु रहेको सञ्चालक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार रिसोर्टमा बाल उद्यान, बोटिङ तथा सेमिनार हल पनि उपलब्ध रहेका छन् ।

कोशी प्रदेश सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०८२ लाई प्रवर्द्धन गर्न रिसोर्टले भूमिका खेल्ने सञ्चालकको भनाइ छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments