Wednesday, November 25, 2026
Homeखेलकुदकनकलक्ष्मी साकोसले गरेको खुला दौड प्रतियोगितामा लेटाङका विक्रम लिम्बू पहिलो

कनकलक्ष्मी साकोसले गरेको खुला दौड प्रतियोगितामा लेटाङका विक्रम लिम्बू पहिलो

गछियाः कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ स्थापना दिवसका अवसरमा आयोजित १०.२ किलोमिटर खुला दौड प्रतियोगितामा लेटाङका विक्रम लिम्बू पहिलो भएका छन् ।

लेटाङ नगरपालिका वडा नम्बर ३ घर भएका लिम्बू लेटाङ रनका धावक हुन् । प्रतियोगितामा धरानका उमेश थापा दोस्रो र खोटाङका गजेन्द्र राई तेस्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुने धावक भारतीय सेना र नेपाली सेनामा कार्यरत रहेका छन् । ३१ मिनेटमा १० किलोमिटर दूरी पार गरेका उनीहरुबीच २० देखि २६ सेकेण्ड समयको मात्रै अन्तर छ ।

प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुने धावकलाई क्रमशः १८ हजार, १२ हजार र ६ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने सहकारीले जनाएको छ । उनीहरूलाई मंसिर १० गते आयोजना हुने सहकारीको स्थापना दिवस विशेष कार्यक्रममा पुरस्कार वितरण गरिने भएको छ ।

युवालाई सहकारीका विषयमा जानकारी गराउँदै खेलकुद र लागूऔषधविरुद्धको अभियानमा जोड्न दौड प्रतियोगिता आयोजना गरिएको सहकारीका अध्यक्ष नागेश पोखरेलले बताउनुभयो । युवालाई सकारात्मक गतिविधिमा सहभागी गराउने र खेलकुदमार्फत स्वस्थ समाज निर्माण गर्ने तथा उनीहरूलाई सहकारीमा आबद्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

दौड प्रतियोगितामा देशका विभिन्न जिल्लाका ९९ जना धावकले सहभागिता जनाएका थिए । तीमध्ये १ घण्टामा निर्धारित दूरी पार गर्ने ५० जना धावकलाई सहभागिताको प्रमाणपत्र दिइएको थियो ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ बाँसबारीबाट शुरु भएको दौड तीनपैनी, डिपु चौक, काली बुढी, सिद्धार्थ चोक हुँदै देवकुमारी चोकमा समापन भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments