विराटचोकः कवि सिजन श्रेष्ठको कविता सङ्ग्रह ‘हावामा अल्झिएको स्वर’ गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कारका लागि छनोट भएको छ । श्रेष्ठ सुन्दरहरैंचा नगरपालिकाका कर्मचारी हुनुहुन्छ ।
गुरुकुल एजुकेसन फाउण्डेसन एण्ड नेपाल कलेज अफ म्यानेजमेन्टले प्रदान गर्ने सो पुरस्कारका लागि अन्तिम चार कविता सङ्ग्रहको सूची आयोजकले सार्वजनिक गरेको छ । साहित्यकार पल्लबिबको लाटी, सुभासिसको क र सुरज रानाको जब कविता निस्कन्छ जुलुसमा नामक कृति छनोटमा परेका अन्य कविता सङ्ग्रह हुन् ।
यही चैत २५ गते एक कार्यक्रमको आयोजना गरी यी चार कृतिमध्ये एक कृतिलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने भएको छ ।