विराटचोकः कवि क्षेत्रप्रताप अधिकारीको नाममा स्थापित गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१ बाट मोरङको सुन्दरहरैंचाका युवा कवि सिजन श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा नगद ५० हजारका साथमा ट्रफी र मेडल कवि श्रेष्ठले पाउनुभएको हो ।
गुरुकुल एजुकेसन फाउण्डेसन एण्ड नेपाल कलेज अफ म्यानेजमेन्टले प्रदान गर्ने सो पुरस्कारका लागि अन्तिम चार कविता सङ्ग्रहको सूची आयोजकले सार्वजनिक गरेको थियो । श्रेष्ठको कृति हावामा अल्झिएको स्वरका साथै साहित्यकार पल्लबिबको लाटी, सुभासिसको क र सुरज रानाको जब कविता निस्कन्छ जुलुसमा नामक कृति छनोटमा परेका थिए । तीमध्ये हावामा अल्झिएको स्वरका लागि श्रेष्ठले सो पुरस्कार पाउनुभएको हो ।
‘म गाउँले बनाएको कवि हुँ’, पुरस्कृत भएपछि कवि सिजन श्रेष्ठले भन्नुभयो, ‘ज्यादै प्रकृतिप्रेमी गाउँले कविको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा मैले कविता लेखनमा २२ वर्ष गरेको साधनाको सही पहिचान र मूल्याङ्कन भएको महसुस गर्दै कविता र साहित्य लेखनमा अझै थप जिम्मेवारीबोध गरेको छु ।’
श्रेष्ठ सुन्दरहरैंचा नगरपालिकाका कर्मचारी हुनुहुन्छ ।
सम्बन्धित समाचारहरूः
सुन्दरहरैंचाका कवि सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’ गामबेंसीका कवि पुरस्कारका लागि छनोट
विम्ब, प्रतीक र आञ्चलिकताको उत्कृष्ट नमूनाः ‘हावामा अल्झिएको स्वर’








