गछियाः सुनसरीको इटहरी उपमहानगरपालिकाको तरहरा घर भएका १२ वर्षीय विवश राईले खुला १० किलोमिटर दौडमा भाग लिएर सुन्दरहरैंचावासीको मन जितेका छन् ।
कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था सुन्दरहरैंचाको आयोजनामा भएको १०.२ किलोमिटर खुला दौड प्रतियोगितामा भाग लिएका उनले पुरस्कार त जितेनन् तर सुन्दरहरैंचावासीको मन जिते । ९९ जना प्रतियोगी दौडिएको प्रतियोगितामा उनले १५ औँ स्थान हासिल गरेका थिए ।
इटहरीको मुनराइज एकेडेमीमा कक्षा ७ मा अध्ययनरत राईले १०.२ किलोमिटर दौड ४४ मिनेटमा पूरा गरेका थिए । प्रतियोगितामा पहिलो हुने
यसअघि ५ किलोमिटर दौडमा मात्रै सहभागिता जनाएका उनले पहिलो पटक १० किलोमिटर दौडमा सहभागिता जनाएको बताए ।
उनको साहसको कदर गर्दै स्थानीयले उनलाई नगद पुरस्कार पनि प्रदान गरेका थिए । व्यवसायी सबिन न्यौपाने र गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले राईलाई २ हजार रुपैयाँ प्रदान गरेका थिए । स्थानीय डेरी व्यवसायीले उनलाई नगद ५०० रुपैयाँ प्रदान गरेका थिए ।
निर्धारित दूरी १ घण्टामा पार गर्ने ५० जना धावकलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।





