विराटचोकः आप्रवासी महिला कामदार समूहको संक्षिप्त रुप नै आमकास नेपाल हो । २०७६ कात्तिकमा दर्ता भएको आमकास मोरङको अध्यक्ष हुनुहुन्छ सुन्दरहरैंचा ८ निवासी उमा सेँढाई । संस्थाले वैदेशिक रोजगारमा पर्ने समस्या निराकरण गरी वैदेशिक रोजगारलाई मर्यादित बनाउने उद्देश्यले काम गर्दछ । वैदेशिक रोजगारीमा समस्यामा परेका कामदारलाई सचेतना जागउने काम यस संस्थाले गर्दछ ।
संस्थाले सचेतना जगाउने तथा मानव बेचबिखनलाई न्यूनीकरण गर्न चेतना फैलाउने काम गर्छ । आमकास नेपाल काठमाडौंमा आवास गृह पछि छ । समस्यामा परेका विशेष गरी महिला कामदारलाई उद्धार गरेर ल्याउने, आवास गृहमा राख्ने, कानुनी प्रक्रिया मिलाउनेलगायतका काम संस्थाले गर्छ । मुद्दा लड्नुपर्ने भएमा निःशुल्क कानुनी परामर्श दिने र मुद्दा लड्ने काम पनि संस्थाले गर्दछ ।
वैदेशिक रोजगारको क्रममा बन्धक बनाइएका सुन्दरहरैंचाका २ जना महिलालाई उद्धार गरेर पुनस्र्थापित गरेको उदाहरण पनि उहाँसँग छ । कुबेतमा बन्धक बनाइएका २ जना महिलालाई आमकासले उद्धार गरेको थियो ।
वैदेशिक रोजगारमा जानुअघि चेतना फैलाउने, झुटो आश्वासनमा फस्न लागेकालाई रोक्ने, बन्धक बनाइएका वा अन्य समस्यामा परेकालाई आवश्यक पर्ने सबै सहयोग विभिन्न निकायको सहकार्यमा आमकासले गर्ने गरेको छ । नेपालबाट घरेलु कामदारमा लैजान स्वीकृति दिने व्यवस्था नभएकाले त्यसका लागि पनि आमकासले सहयोग गरिरहेको छ ।
सम्बन्धित समाचारहरू
शोभा दिदीः जसले ६८ वर्षको उमेरसम्म स्वास्थ्य चेतना फैलाइरहनुभयो (नारी दिवस विशेष १०)
आधा दर्जन व्यवसाय हाँकिरहेकी सफल व्यवसायी मनिता दंगाल (नारी दिवस विशेष ९)
मनोविमर्शकर्ता सुशीला सुवेदी, पाठक (नारी दिवस विशेष ८ )
अपाङ्गता भएका व्यक्तिको हकहितका लागि सक्रिय भीमा खतिवडा (नारी दिवस विशेष ७)
मीना चौधरीः ३५ वर्ष एउटै विद्यालयमा प्रधानाध्यापक (नारी दिवस विशेष ५)
हौसला र प्रेरणाको साथमा अघि बढेकी नीलम ढुङ्गाना (नारी दिवस विशेष ४)
समाजसेवा, शिक्षण र सहकारी व्यवस्थापन सँगसँगै गर्ने योजना शर्मा (नारी दिवस विशेष ३)
सुन्दरहरैंचाकी साहसी नारी रोसा बस्नेत (नारी दिवस विशेष २)
नेपालकै दोस्रो होची महिला मालती ऋषिदेव (नारी दिवस विशेष १)







