Friday, December 5, 2025
Homeअर्थआधा दर्जन व्यवसाय हाँकिरहेकी सफल व्यवसायी मनिता दंगाल (नारी दिवस विशेष ९)

आधा दर्जन व्यवसाय हाँकिरहेकी सफल व्यवसायी मनिता दंगाल (नारी दिवस विशेष ९)

विराटचोकः मोरङ, कानेपोखरीको श्री जनता माविबाट २०५६ सालमा एसएलसी उत्तीर्ण हुँदासम्म व्यवसायी मनिता दंगाल व्यवसायमा जोडिनुभएको थिएन । जनता बहुमुखी क्याम्पस इटहरीबाट १२ कक्षा पास गरेपछि उहाँको विवाह भयो । त्यसपछि बीबीएस अध्ययन गर्दागर्दै उहाँ व्यवसायमा लाग्नुभयो । त्यसअघि कुनै व्यवसाय नगरेकी उहाँले २० वर्षको उमेरमा व्यवसायमा हात हालेपछि पढाइलाई निरन्तरता दिन सक्नुभएन ।

शुरुमा उहाँले मोटर पार्टसको व्यवसाय ८ वर्ष गर्नुभयो । त्यसपछि टाटा सिप्रदीको डिस्ट्रिब्युटर भएर काम गर्नुभयो । मोटर पार्टसकाे काम गर्दा गाडी बिग्रिँदा त्यहाँ मर्मतको लागि आउने गाडी पहाडतिर ढुवानी गर्ने ट्रक धेरै हुन्थे । ढुवानीको बारेमा कुरा बुझ्दा त्यसमा नाफा देखेर शुरुमा २ वटा गाडी किनेर उहाँले ढुवानी व्यवसाय शुरु गर्नुभयो । पछि ४ वटा गाडी किनेर ढुवानी गर्न थाल्नुभयो । हाल आफ्ना र अन्य गरेर सयौँ गाडीमार्फत् पहाडी क्षेत्रमा निर्र्र्र्र्र्र्माण सामग्रीको ढुवानीको व्यवस्था उहाँ मिलाउनुहुन्छ ।

उहाँ व्यवसायमा सफल हुँदै हुनुहुन्थ्यो । निर्माण सामग्रीको ढुवानी गर्दागर्दै रड, सिमेन्टको डिलर किन नलिने भन्ने उहाँलाई लाग्यो । त्यसपछि जगदम्बा सिमेन्टको डिलर लिएर काम शुरु गर्नुभयो । हाल उहाँ होङ्सी सिमेन्टको आपूर्तिकर्ता हुनुहुन्छ ।

नेपालकै ठूलो जलविद्युत आयोजना अरुण तेस्रोको एउटा पाटोको ७५ प्रतिशत निर्माण सामग्री उहाँ पठाउनुहुन्छ । पछिल्लो समय जलविद्युत कम्पनीले ट्रेडर्स र सप्लायर्स छान्दा एनपीलाई छान्ने गरेका छन् । विभिन्न व्यवसायमार्फत् उहाँ वार्षिक १ अर्बभन्दा बढीको कारोबार गर्नुहुन्छ ।

महिलाले व्यवसाय शुरु गर्दा ठूलो चुनौती बेहोर्नुपर्ने उहाँको अनुभव छ । ‘मैले पनि व्यवसाय गर्दा शुरुमा आफन्त र छिमेकले मन पराउनुभएन ।’ धेरै परिवारमा महिलाले काम गरेको मन पराए पनि महिलाका लागि लगानी गर्न डराउने गरेको उहाँको अनुभव छ ।

जुनसुकै काममा पनि ध्यान दिएर गर्नुपर्छ र सफल भइन्छ भन्ने उहाँले पाएको मन्त्र हो । उहाँ काममा राति १२ बजेसम्म यति एकाग्र हुनुहुन्थ्यो कि पसलबाहिर निस्किँदा बिरामी पर्ने अवस्थासम्म आयो ।

पछिल्लो समय उहाँले एपोलो टायरको डिलर लिनुभएको छ । विवाह अघिसम्म व्यवसाय नगर्नुभएकी मनिता दंगाल विवाहपछि आधा दर्जन व्यवसाय सञ्चालन गरिरहनुभएको छ । एनपी ट्रेडर्सकी सञ्चालक दंगालले एकसाथ एनपी सप्लायर्स, एनपी कंक्रिट, एनपी इन्टरप्राइजेज, एनपी ढुवानी र एनपी निर्माण सेवा सञ्चालन गरिरहनुभएको छ । कसैको कुरा नसुनी कामबाहेक अन्यत्र ध्यान नदिने बानीले नै आफू सफल भएको रहस्य उहाँ सुनाउनुहुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments