Friday, December 5, 2025
Homeफिचरमीना चौधरीः ३५ वर्ष एउटै विद्यालयमा प्रधानाध्यापक (नारी दिवस विशेष ५)

मीना चौधरीः ३५ वर्ष एउटै विद्यालयमा प्रधानाध्यापक (नारी दिवस विशेष ५)

विराटचोकः कृषिकर्म गर्नै बुबा मनिलाल चौधरीले शिक्षाको महत्व बुझ्नुभएको थियो । उहाँले छोरा र छोरीमा विभेद नगरी शिक्षादीक्षाको प्रबन्ध मिलाएपछि आफू यो अवस्थामा आइपुगेकोमा विश्वस्त हुनुहुन्छ सुन्दरहरैंचा–४ निवासी मीना चौधरी ।

२०४६ साल बैशाख १ गतेदेखि सुन्दरहरैंचा– ४ मा रहेको आदर्श आधारभूत विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत चौधरीले २०८१ मंसिर २४ गतेदेखि अवकाश लिनुभएको छ । १६ वर्षमा विवाह गर्नुभएकी उहाँ २२ वर्षको उमेरमा प्रधानाध्यापक हुनुभएको थियो । सो विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुअघि उहाँले साजीलाल माविमा २ वर्ष निजी स्रोतमा शिक्षण गर्नुभएको थियो । मासिक ९ सय रुपैयाँ तलब पाउने गरी उहाँले नियुक्ति लिनुभएको थियो ।

सो विद्यालयमा स्थापनाकालमा ४०÷४५ जना विद्यार्थी रहेका थिए । २०५० सालपछि एउटै कक्षामा १ सय जनाभन्दा बढी विद्यार्थी भर्ना हुन्थे । अहिले भने विद्यार्थी सङ्ख्या निरन्तर घट्दो क्रममा छ । सीमान्तकृत समुदायका विद्यार्थी पढ्ने विद्यालय भएको र अभिभावकको कमजोर आर्थिक अवस्थाका कारण विद्यार्थीले पनि अभिभावकलाई काम सघाउने हुनाले विद्यार्थी सङ्ख्या कम रहेको हुन सक्ने उहाँको अनुमान छ ।

विद्यालय स्थापना हुँदा आफूमात्रै शिक्षकको रूपमा रहेकी हुनाले शैक्षिक तथा प्रशासनिक दुवै काम गर्नुपर्दा अप्ठ्यारो अवस्था आएको उहाँ स्मरण गर्नुहुन्छ । अर्काे वर्षदेखि तत्कालीन दुलारी गाविसले निजी स्रोतमा १ जना शिक्षक मासिक २ सय रुपैयाँ तलब पाउने गरी नियुक्त गरेको थियो । ‘४÷५ कक्षामा पढ्ने विद्यार्थीलाई अभिभावकले नै विद्यालय नपठाई आफूसँगै मजुदरीको लागि लैजाने क्रम अहिलेसम्म पनि रोक्न नसकेकोमा उहाँलाई चिन्ता पनि लाग्छ ।

उहाँले विद्यालय स्थापना गर्न धेरै सङ्घर्ष गर्नुपरेको थियो । गाउँलेसँग, बाँस, पराल, काठपात मागेर आफैँ ओसार्नु पनि हुन्थ्यो । विद्यालय स्थापनाा तत्कालीन दुलारी गाविसका उपाध्यक्ष नन्दकुमार चौधरीको पनि ठूलो सहयोग रहेको उहाँ बताउनुहुन्छ । आफ्ना विद्यार्थीमध्ये सञ्जय साहले स्नातकोत्तर तहमा गोल्ड मेडल पाएको क्षण सम्झँदा ज्यादै खुशी लाग्ने उहाँ बताउनुहुन्छ । आफ्ना विद्यार्थी शङ्कर साहु, चन्द्रबहादुर दाहाललगायतका विद्यार्थी सरकारी सेवामा कार्यरत हुनुहुन्छ ।

सम्बन्धित समाचारहरू 

हौसला र प्रेरणाको साथमा अघि बढेकी नीलम ढुङ्गाना (नारी दिवस विशेष ४)

समाजसेवा, शिक्षण र सहकारी व्यवस्थापन सँगसँगै गर्ने योजना शर्मा (नारी दिवस विशेष ३)

सुन्दरहरैंचाकी साहसी नारी रोसा बस्नेत (नारी दिवस विशेष २)

नेपालकै दोस्रो होची महिला मालती ऋषिदेव (नारी दिवस विशेष १)

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments