Friday, December 5, 2025
Homeफिचरनेपालकै दोस्रो होची महिला मालती ऋषिदेव (नारी दिवस विशेष १)

नेपालकै दोस्रो होची महिला मालती ऋषिदेव (नारी दिवस विशेष १)

खेमचन्द्र अधिकारी
विराटचोकः नेपालकै दोस्रो  होची महिलाको परिचय बनाउनुभएकी मालती ऋषिदेव मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ मा बसोबास गर्नुहुन्छ ।

आजभन्दा ७ वर्षअघि उहाँ नेपालकै दोस्रो होची महिला भएको प्रमाणित भएको हो । त्यसबेला १९ वर्षको उमेरमा उहाँको उचाइ ३२ इन्च र तौल १४ केजी थियो । तत्कालीन नगरप्रमुख शिवप्रसाद ढकालले पत्रकार सम्मेलन गरी ऋषिदेव नेपालकै होची महिला भएको घोषणा गर्नुभएको थियो । लगत्तै सो रेकर्ड विराटनगरकी एक महिलाले तोड्नुभएको थियो । उहाँको लम्बाइ ३१ इन्च थियो ।

बाबु रमेशकुमार मरर र आमा मीनादेवीकी पहिलो सन्तान मालतीलाई नागरिकता परिचयपत्र बनाउनको लागि चाहिने सिफरिश लिन वडा कार्यालयमा आमाले लिएर आएपछि मालतीको उचाइको बारेमा तत्कालीन वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ र नगरप्रमुख शिवप्रसाद ढकालले चासो लिनुभएको थियो ।

मालतीका बाबु रमेशका अनुसार जन्मिएपछि १ वर्षसम्म सामान्य अवस्था भए पनि त्यसपछि उचाइ बढ्ने क्रम लगभग रोकिएको थियो ।

२०७४ साल माघ १४ गते मालतीलाई नेपालकै दोस्रो  होची महिला घोषणा गरिएको थियो । तत्कालीन नगरप्रमुख ढकालका अनुसार पालिकाले आन्तरिक स्रोतबाट खर्च हुने गरी मालतीलाई मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षाबापत दिने व्यवस्था मिलाइएको थियो । अहिले भने सो रकम नगरपालिकाले उपलब्ध गराउन छाडेको छ ।

२०५६ भदौ १८ गते जन्मिएकी मालती निरक्षर हुनुहुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments