Friday, December 5, 2025
Homeफिचरमनोविमर्शकर्ता सुशीला सुवेदी, पाठक (नारी दिवस विशेष ८ )

मनोविमर्शकर्ता सुशीला सुवेदी, पाठक (नारी दिवस विशेष ८ )

खेमचन्द्र अधिकारी
विराटचोकः महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालको कर्मचारीको रुपमा कार्यरत सुशीला सुवेदीलाई सन् २०२० मा एउटा अवसर प्राप्त भयो । द स्कुल अफ साइक्लोजी नामक संस्थामार्फत् काठमाडौंमा उहाँले मनोविमर्शसम्बन्धी तालीम लिनुभयो । २० जना साथीसँग मिलेर ६ महिनासम्म लिएको सो तालीमले नै उहाँलाई मनोविमर्शकर्ता भनेर चिनाउन पुग्यो ।

सो क्रममा मानसिक स्वास्थ्यसम्बन्धी २ महिना सैद्धान्तिक र ४ महिना व्यावहारिक ज्ञान लिएपछि उहाँले मनोविमर्शकर्ताको प्रमाणपत्र पाउनुभयो । जुन प्रमाणपत्र नेपालभर मान्यताप्राप्त प्रमाणपत्र हो । त्यसपछि ओरेक नेपालको काम छोडेर स्वतन्त्र मनोविमर्शकर्ताको रुपमा काम गर्न उहाँले थाल्नुभयो । लागू औषध दुव्र्यसन, तनाव व्यवस्थापन, मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम विषयमा परामर्श दिन उहाँ भौतिक तथा

उहाँका अनुसार आम मानिसमा मानसिक स्वास्थ्यको बारेमा राम्रो चेतना छैन । मानसिक स्वास्थ्यलाई धेरैले लुकाउने गरेको पाइन्छ । म डिप्रेसनको औषधी खान्छु भनेर मानिसले भन्न सक्ने अवस्था अझै छैन । यो लजाउने र लुकाउने विषय होइन । जनस्तरमा मानसिक स्वास्थ्यको बारेमा चेतना जगाउनुपर्ने भए पनि त्यसतर्फ ध्यान नदिएको देख्दा उहाँलाई अचम्म लाग्छ । पालिकाका शिक्षा शाखा, स्वास्थ्य शाखा, सामाजिक शाखाले यस विषयमा ध्यान दिनुपर्ने भए पनि त्यस्तो नपाइने उहाँ बताउनुहुन्छ ।

प्रविधिका कारण मानसिक समस्या आउने तथा साइबर क्राइमका घटना हुने गरेका छन् । तीन पटकसम्म आत्महत्याको प्रयास गरेकी एक जना किशोरीलाई एउटा सचेतना कार्यक्रममा भेटेर परामर्श दिएपछि सामान्य अवस्थामा फर्काउन सफल भएको घटना उहाँसँग ताजै छ ।

नगर बाल सञ्जाल सुन्दरहरैंचाकी संरक्षक सुवेदी लघुकथा र मुक्तक लेखनमा पनि सक्रिय हुनुहुन्छ । उहाँलाई जनचेतना फैलाउने काममा जान श्रीमान् उमेश पाठकका साथै परिवारको राम्रो सहयोग छ ।

सम्बन्धित समाचारहरू

मीना चौधरीः ३५ वर्ष एउटै विद्यालयमा प्रधानाध्यापक (नारी दिवस विशेष ५)

हौसला र प्रेरणाको साथमा अघि बढेकी नीलम ढुङ्गाना (नारी दिवस विशेष ४)

समाजसेवा, शिक्षण र सहकारी व्यवस्थापन सँगसँगै गर्ने योजना शर्मा (नारी दिवस विशेष ३)

सुन्दरहरैंचाकी साहसी नारी रोसा बस्नेत (नारी दिवस विशेष २)

नेपालकै दोस्रो होची महिला मालती ऋषिदेव (नारी दिवस विशेष १)

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments