Thursday, November 26, 2026
Homeअर्थकनकलक्ष्मीको सातौँ स्थापना दिवसमा उत्कृष्ट ऋणी, बचतकर्ता, पीएचडी गर्नेलगायत सम्मानित

कनकलक्ष्मीको सातौँ स्थापना दिवसमा उत्कृष्ट ऋणी, बचतकर्ता, पीएचडी गर्नेलगायत सम्मानित

गछियाः कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न विधामा १३१ जनालाई सम्मान गरेको छ ।

सहकारीको सातौँ स्थापना दिवसको अवसरमा शेयर सदस्यलगायतलाई सम्मान गरिएको हो । संस्थाले स्थापना दिवसका अवसरमा ज्येष्ठ सदस्य १६ जना, असल ऋण कारोबार गर्ने सदस्य ८७ जना र उत्कृष्ट बचतकर्ता सदस्य ५ जनालाई सम्मान गरेको हो । उत्कृष्ट बाल बचतकर्तातर्फ ५ जना तथा अधिक संरक्षित पूँजी फिर्ता कोषको रकम प्राप्त गर्ने २ जना सदस्यलाई पनि सम्मान गरिएको थियो ।

उत्कृष्ट कर्मचारीका रूपमा उमेश श्रेष्ठ, विद्यावारिधी उपाधि प्राप्त गर्ने शेयर सदस्य उपेन्द्र घिमिरे तथा कक्षा १२ मा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने शेयर सदस्यका सन्तति तथा शेयर सदस्य ११ जनालाई सम्मान गरिएको थियो ।

सहकारी अभियानमा योगदान पुर्याएबापत राष्ट्रिय सहकारी महासंघ लिमिटेडका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेललाई सहकारी अभियन्ताका रूपमा सम्मान गरिएको थियो ।

सहकारी संस्थाको सुशासनमा विशिष्ट योगदान पुर्याएबापत सहकारी एकीकरण हुनुअघिको न्यू नमुना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका भोलानाथ भट्टराईलाई पनि सम्मान गरिएको थियो ।

सहकारीको उत्कृष्ट लघुवित्त समूहका रूपमा लक्ष्मीनारायण महिला समूहलाई नगद ३ हजारसहित सम्मान गरिएको थियो ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नागेश पोखरेलले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव अर्जुनकुमार खत्रीले गर्नुभएको थियो ।

सुन्दरहरैंचाका ८ वटा सहकारी एकीकृत भएर सो सहकारी संस्था बनेको हो । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments