Friday, December 5, 2025
Homeफिचरसमाजसेवा, शिक्षण र सहकारी व्यवस्थापन सँगसँगै गर्ने योजना शर्मा (नारी दिवस विशेष...

समाजसेवा, शिक्षण र सहकारी व्यवस्थापन सँगसँगै गर्ने योजना शर्मा (नारी दिवस विशेष ३)

खेमचन्द्र अधिकारी
विराटचोकः घरको कामधन्दाका साथै समाजसेवा, शिक्षण र सहकारीको व्यवस्थापन एकसाथ गर्न सकिन्छ भन्ने उदाहरण हेर्न योजना शर्माको जीवनशैलीलाई हेरे पुग्छ । सुन्दरहरैंचा–५ तीनपैनीमा जन्मिएकी योजना शर्मा हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाकी प्रबन्धक हुनुुहुन्छ । त्यतिमात्रै होइन उहाँ सुकुना बहुमुखी क्याम्पसमा शिक्षण पनि गर्नुहुन्छ र पाथीभरा स्वतन्त्र महिला समाज नामक गैर सरकारी संस्थाको अध्यक्ष रहेर सामाजिक काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

योजना शर्माले जन्मघरमा लैङ्गिक विभेद नभोगे पनि केही समय कर्मघरमा भने विभेदपूर्ण व्यवहार भोग्नुपर्याे । जन्मघरमा चाहिँ छोरालाई भन्दा छोरीलाई अझै बढी माया गरिन्थ्यो । विवाहपछि थपिएको पारिवारिक जिम्मेवारी, परिवारको कृषिकर्म, बुहारीलाई पढाउनुहुन्न भन्ने मान्यताका कारण विवाहपछि पढाइलाई निरन्तरता दिन उहाँलाई गाह्रो भयो । तर बलियो इच्छाशक्तिका कारण उहाँको योजनाले सार्थकता पाउन थाले ।

एक वर्ष सामान्य कर्मचारीको रुपमा काम गरेपछि २०६० सालदेखि भने उहाँ सुन्दरहरैंचा १० मा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको प्रबन्धकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँकै कुशल प्रबन्धकत्वमा अघि बढिरहेको सो सहकारीलाई २०६९ सालमा ६६ औं सहकारी दिवसको अवसरमा उत्कृष्ट सहकारी व्यवस्थापकको अवार्ड जिल्ला सहकारी संघले प्रदान गरेको थियो ।

शिक्षाशास्त्र सङ्कायमा २०६६ सालमा सुकुना बहुमुखी क्याम्पसबाट स्नातकोत्तरको अध्ययन पूरा गरेपछि हाल उहाँ सुकुनामै स्नातकोत्तर तहमा २ विषय अध्यापन गराउनुहुन्छ । यसै वर्षदेखि उहाँले पाथीभरा स्वतन्त्र महिला समाजको अध्यक्षको जिम्मेवारी पनि लिनुभएको छ ।

समाजमा महिलालाई पछि पारिएको तथा महिला आफैँ पनि पछि परेको हुनाले महिलाहरू आफैँ केही गर्छाैँ भनेर अगाडि आउन अनुरोध गर्दै अन्धकारलाई सराप्नुभन्दा पनि आफैँले दियो बाल्नु उत्तम हुन्छ भन्ने बिर्सनुहुँदैन भन्ने धारणा राख्नुहुन्छ ।

सम्बन्धित समाचारहरू

सुन्दरहरैंचाकी साहसी नारी रोसा बस्नेत (नारी दिवस विशेष २)

नेपालकै दोस्रो होची महिला मालती ऋषिदेव (नारी दिवस विशेष १)

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments