खेमचन्द्र अधिकारी
विराटचोकः उद्योग वाणिज्य संघ भन्नासाथ उद्योगी तथा व्यवसायीको हितमा काम गर्ने संस्था भन्ने बुझिन्छ । तर सुन्दरहरैंचा उद्योग वाणिज्य संघ भने उद्योगी र व्यापारीको हितका साथै सामाजिक हितको क्षेत्रमा पनि सक्रिय रहेको छ ।
संघका अघिल्ला नेतृत्वले पनि यस्ता कार्यक्रम गर्ने गरेका भए पनि त्यस्ता कार्यक्रम न्यून सङ्ख्यामा मात्रै हुने गरेको र सहभागी पनि कम हुने गरेको उद्योगी, व्यवसायी बताउँछन् ।
त्यसो त संघको सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो । यसअघिका अधिवेशनमा कार्यसमितिका पदाधिकारीबीच राजनीतिक दलबीच हुने निर्वाचनको झल्को दिने गरी निर्वाचन भएर नयाँ नेतृत्व चयन हुने गर्दथ्यो । निर्विरोध निर्वाचित भएकाले हालको कार्यसमितिसँग उद्योगी, व्यापारीको बढी नै अपेक्षा थियो । सोही अपेक्षाअनुसार काम गर्ने प्रक्रियामा संघ अघि बढेको देखिन्छ ।
संघले उद्योगी, व्यवसायीबीच अन्तरक्रिया, चाडपर्वलक्षित बजार सरसफाइ गर्ने काम मात्रै गरेन, कतिपय नयाँ कार्यक्रमको पनि प्रारम्भ गरेको छ । सबै क्षेत्रका व्यक्ति एकै स्थानमा बसी संघीय सरकारको बजेट सुन्ने कार्यक्रम र सुन्दरहरैंचामा क्रियाशील सामाजिक संघसंस्थाका नयाँ नेतृत्वकर्तासँग बसेर अन्तरक्रिया गर्ने कार्यक्रम संघका यस्ता नौला र प्रशंसनीय काम हुन् । संघीय बजेट सुनेर त्यहीँ अन्तरक्रिया पनि गर्ने कार्यक्रम पनि राखिएको भए त्यो कार्यक्रम अझ प्रभावकारी हुने थियो । आगामी दिनमा त्यसतर्फ कदम चाल्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।
यी हुन् २०८१ बैशाख २३ मा सुन्दरहरैंचा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वले शपथ ग्रहण गरेर कार्यभार सम्हालेपछि गरेका सानाठूला कामहरु
संघीय बजेट सुन्ने कार्यक्रमः २०८१ जेठ १५ प्लानेट लाउन्जमा
प्रि इन्डक्सन ट्रेनिङ (पूर्व प्रेरणा प्रशिक्षण) २०८१ जेठ ३२ संघको सभाहलमा
स्थानीय बैंकसँग निजी क्षेत्र विषयक अन्तरक्रिया कार्यक्रम २०८१ असार १२ सार्वजनिक पुस्तकालय विराटचोकको सभाहलमा
रबर खेती अध्ययन अवलोकन भ्रमण २०८१ असार १८ झापा जिल्लामा
करदाता शिक्षासम्बन्धी कार्यक्रम २०८१ असार २१ संघको सभाहलमा सुन्दरहरैंचा नगरपालिका र सुन्दरदुलारी उद्योग वाणिज्य संघको समन्वयमा
डा. भेषबहादुर थापासँग विचार अन्तरक्रिया २०८१ असार २१ नेपालिरिका होटलमा
सार्वजनिक पुस्तकालय उद्घाटन २०८१ असार २२ सलकपुर र विराटचोकमा
ऊर्जा ध्यान शिविर २०८१ साउन १ देखि भदौ १ सम्म (इन्द्रपुर जेसीज र लोकशान्ति साकोसको सह आयोजनामा) इन्द्रपुर जेसीजको सभाहलमा
शेयर बजारसम्बन्धी तालिम तथा अन्तरक्रिया २०८१ साउन १३ सुकुना बहुमुखी क्याम्पसको सभाहलमा
कबाडी व्यवसायीसँग अन्तरक्रिया २०८१ साउन १३ गते
नापतौल नापजाँच शिविर २०८१ साउन १८ र १९ संघको कार्यालयमा
सात दिवसीय राजयोग ध्यान शिविर २०८१ भदौ २ देखि ८ (पाथीभरा स्वतन्त्र महिला समाज, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रसँगको सहकार्यमा जेसीज हलमा
सौन्दर्य व्यवसायसँग सम्बन्धित स्वास्थ्य र सुरक्षा विषयक अन्तरक्रिया २०८१ भदौ १८ संघको सभाहलमा
नगरमा क्रियाशील सामाजिक संघसंस्थासँग अन्तरक्रिया २०८१ भदौ २१ सार्वजनिक पुस्तकालय सलकपुरमा
हाम्रो दैनिकी र वैज्ञानिक योग विषयक एक दिवसीय कार्यक्रम २०८१ असोज ३ इन्द्रपुर जेसीजको सभाहलमा (अन्य ९ वटा संस्थाको सहआयोजनामा)
नवआगन्तुक प्रहरी निरीक्षकको परिचय र स्वागत कार्यक्रम, २०८१ असोज ४, संघको सभाहलमा
सरसफाइ कार्यक्रम २०८१ असोज २२ विभिन्न २१ वटा संस्थाको सहकार्यमा खोर्साने, विराटचोक र सलकपुरमा
सम्बन्धित थप समाचारहरूः
सुन्दरहरैंचामा नौलो प्रयास, प्रत्यक्ष बजेट भाषण सुनी प्रतिक्रिया दिने सामुहिक अभ्यास
सुन्दरहरैंचामा आगामी २ वर्ष घरभाडा नबढाउने सहमति
वाणिज्य संघद्वारा “स्थानीय बैंकसँग निजी क्षेत्र” विषयक अन्तरक्रिया
वाणिज्य संघले गर्याे सौन्दर्य व्यवसायीसँग अन्तरक्रिया, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह
बजेट सुनेर छलफल गर्ने कार्यक्रम विराटचोकमा सम्पन्न, उल्लेख्य सहभागिता
नगरमा क्रियाशील संस्थालाई एकजुट गराउँदै सुन्दरहरैंचा उद्योग वाणिज्य संघ
सुन्दरहरैंचा उद्योग वाणिज्य संघमा नापतौल जाँच शिविर सम्पन्न
सुन्दरहरैंचामा भएको शेयर बजारसम्बन्धी सचेतना कार्यक्रममा विद्यार्थीको उल्लेख्य सहभागिता
सुन्दरहरैँचा उद्योग वाणिज्य संघका सबै पदमा सर्वसम्मत
उद्योग वाणिज्य संघमा उम्मेद्वारीका लागि किन चर्काे मनोनयन शुल्क