Monday, December 23, 2024
Homeअर्थसुन्दरहरैँचा उद्योग वाणिज्य संघका सबै पदमा सर्वसम्मत

सुन्दरहरैँचा उद्योग वाणिज्य संघका सबै पदमा सर्वसम्मत

विराटचोकः सुन्दरहरैँचा उद्योग वाणिज्य संघको नयाँ कार्य समितिमा सबै पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । नारायण कार्कीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।

निर्वाचन समितिका अनुसार नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद ढकाल, प्रथम उपाध्यक्षमा डोलेश्वर तिम्सिना (नवीन), उद्योग उपाध्यक्षमा नगेन्द्रप्रसाद दाहाल, वाणिज्य उपाध्यक्षमा उज्वल थापा तथा अन्तरराष्ट्रिय उपाध्यक्षमा डिल्लीप्रसाद ढकाल सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

त्यस्तै, महासचिवमा हरि कार्की, उपमहासचिवमा रामकृष्ण खड्का, उद्योग सचिवमा शारदाप्रसाद ढकाल, वाणिज्य सचिवमा रामकुमार बस्नेत (विप्लव), एसोसिएट सचिवमा मनोज गुरागाई र कोषाध्यक्षमा कृष्णप्रसाद ओझा चयन हुनुभएको छ ।

खुला सदस्यमा माधव शिवा, मोहन पोख्रेल, नवराज खरेल, गोपाल फुयाल, टीकाबहादुर कँडेल र प्रदीप मास्के तथा महिला सदस्यहरुमा यशोदा चापागाईं, अनिता अधिकारी र पदमा भट्टराई चयन हुनुभएको छ । खुद्रा व्यवसायी संघ सदस्यमा कृष्णप्रसाद पराजुली, होटल तथा पर्यटन संघ सदस्यमा आकाश दुलाल, सुनचाँदी व्यवसायी संघ सदस्यमा सुजाता पौडेल निर्वाचित हुनुभएको छ ।

लेखा समिति संयोजकमा रुद्र थापा तथा सदस्यद्वयमा धरणीधर दाहाल र कृष्णप्रसाद आचार्य चयन हुनुभएको छ ।

संघका अधिकांश पद सर्वसम्मत चयन भए पनि तीन वटा पदमा एकभन्दा बढी उम्मेद्वारी परेको थियो । तर उम्मेद्वारी फिर्ता लिने अवधिमा उम्मेद्वारी फिर्ता भएर सबै पदमा एकएक जनामात्र उम्मेद्वारको मनोनयन दर्ता भएपछि सिङ्गो कार्यसमिति नै सर्वसम्मत चयन भएको हो ।

उद्योग वाणिज्य संघमा उम्मेद्वारीका लागि किन चर्काे मनोनयन शुल्क

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments