Monday, December 23, 2024
Homeअर्थसुन्दरहरैंचामा नौलो प्रयास, प्रत्यक्ष बजेट भाषण सुनी प्रतिक्रिया दिने सामुहिक अभ्यास

सुन्दरहरैंचामा नौलो प्रयास, प्रत्यक्ष बजेट भाषण सुनी प्रतिक्रिया दिने सामुहिक अभ्यास

गोठगाउँः सुन्दरहरैंचामा तीन वटा क्षेत्रले संयुक्त रूपमा नयाँ काम शुरु गर्ने भएका छन् । संघीय सरकारले प्रस्तुत गर्ने बजेट सामुहिक रूपमा सुन्ने, हेर्ने र बहस गर्ने कार्यक्रम आयोजना हुने भएको हो । व्यावसायिक, प्राज्ञिक र सामाजिक क्षेत्रका संस्थाले नौलो कार्यक्रमको अभ्यास गर्ने भएका हुन् ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, सुकुना बहुमुखी क्याम्पस र इन्द्रपुर जेसीजले संयुक्त रूपमा नौलो कार्यक्रमको थालनी गर्ने भएका हुन् । सुन्दरहरैंचा उद्योग वाणिज्य संघ नगरको मात्रै नभएर पूर्वकै प्रतिष्ठित वाणिज्य संघको रुपमा रहेको छ । संघले विभिन्न आन्दोलनका नाममा हुने गरेका राजनीतिक बन्द, हड्तालको विरोध गर्दै विराटचोकलाई बन्द निषेधित क्षेत्र घोषणा गरी सफल कार्यान्वयन गरेको थियो । सुकुना बहुमुखी क्याम्पस नगरको मात्रै नभएर पूर्वकै गहनाको रूपमा रहेको शिक्षालय हो । ४ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पस गुणस्तरीय शिक्षाका लागि चर्चित छ । इन्द्रपुर जेसीज नगरमा सामाजिक जागरण ल्याउन सक्रिय संस्था हो ।

बजेट भाषण  शुरु भएपछि जेठ १५ गते दिउँसो १ बजेदेखि औपचारिक रूपमा बहस शुरु गरिने भएको हो । सुन्दरहरैंचा १० मा रहेको प्लानेट लाउञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आयोजक संस्थाले आह्वान गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments