Monday, December 23, 2024
Homeफिचरसुन्दरहरैंचामा आगामी २ वर्ष घरभाडा नबढाउने सहमति

सुन्दरहरैंचामा आगामी २ वर्ष घरभाडा नबढाउने सहमति

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा २०८२ साल चैत मसान्तसम्म घरबहाल वृद्धि नगर्ने सहमति भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य संघ र घरबहाल व्यवस्थापन समितिको संयुक्त आयोजनामा घरबहाल समस्या समाधानका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा सो सहमति भएको हो ।

जेठ १२ गते शनिबार संघको सभाहलमा भएको अन्तरक्रियामा घरधनी र व्यवसायीहरू उल्लेख्य मात्रामा उपस्थित भएका थिए । सो अन्तरक्रियामा घरबहाल व्यवस्थापन समिति र उद्योग वाणिज्य संघबीच २०८२ चैतसम्म घर भाडा वृद्धि नगर्ने निर्णय भएको हो ।

अन्तरक्रियामा देशमा व्याप्त आर्थिक मन्दी व्यवसायी र घरधनीको साझा समस्या रहेकाले समाधानका उपायका विषयमा समेत छलफल भएको सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो । आर्थिक मन्दीबाट व्यवसायमा देखिएको समस्या न्यूनीकरण नभएकाले व्यवसायीहरुको मनोबल उच्च बनाउन यो निर्णय भएको अध्यक्ष कार्कीले बताउनुभयो ।

घरधनी र बहालवालाबीच सुमधुर सम्बन्ध राखी बहाल सम्झौता अनिवार्य गर्ने, नगरपालिकाबाट प्राप्त घर बहाल करमा दिइएको ८० प्रतिशत छुटको सदुपयोग गर्न सबै घरधनी सामेल हुने निर्णय भएको छ । अहिले देखिएको आर्थिक मन्दीबाट व्यवसायमा देखिएको समस्या न्यूनीकरणसँगै व्यवसायीहरुको मनोबल उच्च बनाउन र व्यावसायिक वातावरण सहज नभएकाले यस्तो निर्णय गर्नुपरेको बताइएको छ ।

अन्तरक्रिया तथा छलफलपछि घरवहाल व्यवस्थापन समिति संयोजक कृष्णबाबु ढकाल र सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीको हस्ताक्षरमा आभार तथा धन्यवाद पत्र सार्वजनिक गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments