विराटचोकः देशमा अहिले आर्थिक मन्दी छ । आर्थिक क्षेत्र चलायमान हुन सकेको छैन । व्यवसायीहरु आफ्ना व्यवसाय बन्द गरी पलायन भइरहेका छन् । कतिपय व्यवसायी सटर बन्द गरेर सम्पर्कविहीन भएपछि उद्योग वाणिज्य संघले पहल गरेर सम्पर्कविहीन हुने व्यवसायीका परिवार र घरभाडा दिने व्यक्तिबीच समन्वय गरिरहेको छ । सतहमा नआएका तर समस्याका रुपमा भित्रभित्रै रहेका धेरै अप्ठ्यारा व्यवसायीसँग छ ।
यस्तै समस्या भइरहेको समयमा सुन्दरहरैंचा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि २६ गते निर्वाचन हुँदैछ । अधिकांश पद निर्विरोध चयन भएका छन् । तर केही पद निर्विरोध हुन सकेका छैनन् ।
नेतृत्व चयनका लागि मनोनयन शुल्क भने महङ्गो तोकिएको छ । अध्यक्ष पदका लागि मनोनयन शुल्क ५१ हजार रुपैयाँ तोकिएको छ । वरिष्ठ उपाध्यक्षको ३५ हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ । सबैभन्दा कम शुल्क वस्तुगततर्फ खुद्रा व्यवसाय सदस्यको २ हजार १ सय रुपैयाँ तोकिएको छ ।
संघको पदाधिकारीका लागि एक पदमा एक जनाले मात्रै उम्मेद्वारी दिँदा पनि ३ लाख रुपैयाँ हाराहारीमा मनोनयन शुल्क सङ्कलन हुने देखिन्छ ।
यति धेरै मनोनयन शुल्क तिरेर व्यवसायी किन संघको नेतृत्वमा जान चाहँदैछन् ? संघको नेतृत्वमा पुग्नु लाभको पदमा पुग्नु नभए पनि किन यति धेरै शुल्क उठाइन्छ भन्ने बारेमा भने कुनै पनि व्यवसायीले सार्वजनिक रुपमा आवाज उठाएका छैनन् ।
यस्तो छ मनोनयन शुल्कको दरः छ