विराटचोकः इन्द्रपुर जेसीजको सभाहल सुन्दरहरैंचा ९ विराटचोकमा साउन १ गतेदेखि एक महिने निःशुल्क योग शिविर शुरू भएको छ ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, इन्द्रपुर जेसीज र लोकशान्ति बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा भएको शिविरमा जीवन विज्ञान जिल्ला परिषद् मोरङले सहकार्य गरेको छ ।
शिविर हरेक बिहान साढे ४ बजेदेखि ६ बजेसम्म सञ्चालन भइरहेको छ । तनाव न्यूनीकरण तथा जीवन व्यवस्थापनका लागि शिविर सञ्चालन गरिएको सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।