Friday, December 5, 2025
Homeअर्थसुन्दरहरैंचा उद्योग वाणिज्य संघमा नापतौल जाँच शिविर सम्पन्न

सुन्दरहरैंचा उद्योग वाणिज्य संघमा नापतौल जाँच शिविर सम्पन्न

विराटचोकः सुन्दहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा विराटचोकमा नापतौल जाँच शिविर सम्पन्न भएको छ । नापतौलका यन्त्र दर्ता, नवीकरण तथा जाँच गर्ने शिविर शुक्रबार र शनिबार सञ्चालन भएको हो ।

नेपाल गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको टोलीले सञ्चालन गरेको शिविरमा व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो ।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका अनुसार नापतौलमा प्रयोग हुने ढक तथा यन्त्र हरेक वर्ष जाँच गराउनुपर्छ ।

कानूनी प्रावधान अनुसार व्यापारीले ढक, तराजु, मिटर, लिटर लगायत नापतौल सामग्री नापतौल कार्यालयबाट अनुमति प्राप्त आधिकारिक अधिकृत बिक्रेताबाट खरिद गरी सञ्चालनमा ल्याउनुपर्छ । प्रयोगमा ल्याएका नापतौलका सामग्रीका लागि ३५ दिनभित्र अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments