Friday, December 5, 2025
Homeफिचरसामाजिक मिलन केन्द्र प्रतिष्ठानलाई डिप्रोक्स लघुवित्तद्वारा २५ हजार रुपैयाँ सहयोग

सामाजिक मिलन केन्द्र प्रतिष्ठानलाई डिप्रोक्स लघुवित्तद्वारा २५ हजार रुपैयाँ सहयोग

गोठगाउँः डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सुन्दरहरैंचाको सामाजिक मिलन केन्द्र प्रतिष्ठानलाई सामाजिक उत्तरदायित्वअन्तर्गत नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

मङ्गलबार बिहान प्रतिष्ठानको कार्यालय गोठगाउँमा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्य, सहायक महाप्रवन्धक पुष्पराज अधिकारी, मुख्य प्रबन्धक बुद्धिराज घिमिरेलगायतले सहयोग रकमको चेक प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद पोखरेललाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा सो लघुवित्तका प्रदेश र शाखाका कर्मचारी तथा सामाजिक मिलन केन्द्र प्रतिष्ठानका आजीवन सदस्यहरु कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

अधिकांश ६० वर्षमाथिका व्यक्ति आजीवन सदस्य रहेको सो प्रतिष्ठानले सबैको मन जित्ने काम गरिरहेको छ । लगभग ७०० जना आजीवन सदस्य रहनुभएको प्रतिष्ठानलाई समाजका हरेक क्षेत्रका व्यक्तिको साथ रहेको छ । सो प्रतिष्ठानमा आजीवन सदस्य तथा अन्य व्यक्ति बिहानदेखि बेलुकासम्म बसेर सुखदुःख साट्ने काम गर्नुहुन्छ । संस्थाका आजीवन सदस्य तथा अन्य व्यक्तिले प्रतिष्ठानमा गएर जन्मदिन मनाउने गर्नुभएको छ ।

प्रतिष्ठानले भवन बनाउनका लागि जग्गा खरीद गरिसकेको छ । भवन निर्माणका लागि प्रतिष्ठानले सहयोग सङ्कलन गरिरहेको छ । राजनीतिबाट प्रतिष्ठानलाई मुक्त राख्न जुनसुकै कार्यक्रममा निम्त्याइएका अतिथिलाई राजनीतिक भाषण नगर्न प्रतिष्ठानले अनुरोध गर्ने गरेको छ ।

सामाजिक मिलन केन्द्रको सामुदायिक तथा ज्येष्ठ नागरिक भवन निर्माणका लागि सहारा साकोसले सहयोग गर्ने

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments