Wednesday, November 25, 2026
Homeखेलकुददशौं राष्ट्रिय खेलकुदमा आज पाँच खेलमा प्रतिस्पर्धा, औपचारिक उद्घाटन १६ गते

दशौं राष्ट्रिय खेलकुदमा आज पाँच खेलमा प्रतिस्पर्धा, औपचारिक उद्घाटन १६ गते

सुर्खेतः दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न पाँच खेलका प्रतिस्पर्धा हुँदैछन् ।

औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि दशौं राष्ट्रिय खेलकुदका प्रतिस्पर्धात्मक खेलहरू मंसिर ८ गतेदेखि नै शुरु भएका हुन् । कर्णाली प्रदेशमा आयोजना भइरहेको प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय टोलीका खेलाडीहरू उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
पुरुष फुटबल, महिला क्रिकेट, महिला बास्केटबल, टेनिस र पौडीतर्फका खेलाडीहरूले आज प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष फुटबलतर्फ आज दुई खेल हुनेछन् । बिहान ९ बजे नेपाल आर्मी र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा भएको छ । दिउँसो साढे २ बजे कोशी प्रदेश र बागमती प्रदेश आमनेसामने हुनेछन् ।

महिला क्रिकेटतर्फ वीरेन्द्रनगर क्रिकेट मैदानमा दुई खेल हुनेछन् । बिहान ९ः३० बजे बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो १ः१५ बजे कोशी प्रदेशले आयोजक कर्णाली प्रदेशसँग खेल्नेछ ।

महिला बास्केटबलतर्फ फुल कोर्ट र थ्री एक्स थ्री विधाका खेल सञ्चालन हुनेछन् । फुल कोर्टमा बिहान ९ बजे नेपाल पुलिस र कर्णाली प्रदेश तथा १० बजे मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, थ्री एक्स थ्रीतर्फ दिउँसो १२ः१० बजे नेपाल आर्मी र एपीएफ तथा १२ः३० बजे मधेश प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ ।

टेनिसका खेलहरू बर्दियाको गुलरियामा सञ्चालन हुनेछन् । बिहान ८ः३० बजेदेखि शुरु हुने खेलमा महिला एकल र पुरुष युगल विधाका प्रतिस्पर्धा हुनेछन् । दिनभर महिला एकल, पुरुष युगल र मिश्रित युगल गरी १५ खेलको तालिका रहेको छ ।

पौडीतर्फ आज ११ विधामा प्रतिस्पर्धा हुनेछ । महिला फ्रिस्टाइल ८०० मिटर र पुरुष इन्डिभिजुअल मिडले ४०० मिटरबाट सुरु हुने प्रतिस्पर्धामा महिला तथा पुरुष बटरफ्लाइ ५० मिटर, फ्रिस्टाइल २०० मिटर र ब्याकस्ट्रोक १०० मिटरका खेल हुनेछन् । त्यस्तै महिला मिडले रिले ४×१०० मिटर, पुरुष फ्रिस्टाइल रिले ४×२०० मिटर र मिश्रित मिडले रिले ४×५० मिटरमा पनि प्रतिस्पर्धा हुनेछ । पौडीका खेल स्वचालित टाइमिङ प्रणालीमार्फत् सञ्चालन हुनेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments