Wednesday, November 25, 2026
Homeसमाचारलैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि

विराटचोकः महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्ने उद्देश्यसहित आज (नोभेम्बर २५) देखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ नारासहित नेपालमा पनि अभियानअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिँदैछन् ।

संयुक्त राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो । यो दैनिक औसत १३७ जनाको हत्या हो ।

हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रियस्तरमा कानुनी तथा नीतिगत प्रयास हुँदै आएका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो । सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो ।

महिला अधिकारकर्मीले सन् १९८१ देखि नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका छन् । संयुक्त राष्ट्र सङ्घले सन् १९९९ मा यस दिनलाई औपचारिक अन्तर्राष्ट्रिय मान्यता दिएको थियो ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियानले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य, पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने विषयलाई प्राथमिकता दिएको छ ।

आजदेखि १६ दिनसम्म विश्वभर सचेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments