गोठगाउँः सहारा बचत तथा ऋण सहकारी संस्था झापाले सुन्दरहरैंचा ७ गोठगाउँ मोरङमा रहेको सामाजिक मिलन कन्द्रलाई सहयोग गर्ने भएको छ ।
संस्थाको सामुदायिक तथा ज्येष्ठ नागरिक भवन निर्माणका लागि १० लाख रुपैयाँबराबरको सहयोग गर्ने मौखिक सहमति दुवै संस्थाका पदाधिकारी र सदस्यबीच आइतबार भएको भेलामा भएको हो । चाँडै नै समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।
सो भेलामा सामाजिक मिलन केन्द्रका अध्यक्ष गंगानाथ पोखरेलको जन्मदिन मनाउनुका साथै संस्थाका आजीवन सदस्य बाबुराम निरौला नेपाल पत्रकार महासंघ मोरङको सदस्य पदमा निर्वाचित हुनुभएकोमा सफल कार्यकालको शुभकामनासहित बधाई दिइएको थियो ।








