Tuesday, December 24, 2024
Homeफिचरसामाजिक मिलन केन्द्रले जेठ १८ गते गोठगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

सामाजिक मिलन केन्द्रले जेठ १८ गते गोठगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

गोठगाउँः सामाजिक मिलन केन्द्र सुन्दरहरैंचाले यही जेठ १८ गते सुन्दरहरैंचाको गोठगाउँस्थित पञ्चायत माविमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा तथा सुन्दरहरैंचा नगरपालिका र नगर अस्पताल हरैंचाको साझेदारीमा बिहान ९ बजेदेखि ३ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने केन्द्रका अध्यक्ष गंगाराम पोखरेलले बताउनुभयो ।

केन्द्रका सचिव रोहिणी कोइरालाका अनुसार शिविरमा विभिन्न ८ रोगका विशेषज्ञ डाक्टरले स्वास्थ्य सेवा प्रदान गर्नेछन् ।

शिविरको सह प्रायोजक संस्थाको रुपमा कृष्ण टेन्ट हाउस विराटनगर, लक्ष्मी लघुवित्त वित्तीय संस्था गोठगाउँ, आशा नेपाल, नमस्ते साउण्ड सिस्टम गोठगाउँ र पाथीभरा टेन्ट हाउस इटहरी रहेका छन् ।

केन्द्रका सचिव रोहिणी कोइरालाका अनुसार शिविरमा विभिन्न ८ रोगका विशेषज्ञ डाक्टरले स्वास्थ्य सेवा प्रदान गर्नेछन् । केन्द्रले स्वास्थ्य शिविर सञ्चालनको पूर्व सन्ध्यामा राखेको छलफल कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँ, पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, पूर्व प्रदेश सांसद लोकप्रसाद संग्रौला, पूर्व प्रमुख जिल्ला अधिकारी राजेन्द्र उप्रेतीलगायतको उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments