Thursday, March 5, 2026
Homeराजनीतिकांग्रेस निर्वाचित भएको मोरङ ६ मा २०७९ को निर्वाचनमा यस्तो थियो अन्तिम...

कांग्रेस निर्वाचित भएको मोरङ ६ मा २०७९ को निर्वाचनमा यस्तो थियो अन्तिम परिणाम

विराटचोकः आज फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। यसैबीच मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ६ मा अघिल्लो पटकको मत परिणाम कस्तो थियो भन्ने यहाँ देखाउने प्रयास गरिएको छ ।

मोरङ क्षेत्र नम्बर ६ मा गत निर्वाचनमा नेपाली कांग्रेसका डा. शेखर कोइराला विजयी हुनुभएको थियो । नेकपा माओवादी केन्द्रसँग तालमेल भएको सो क्षेत्रमा प्रदेशसभाको एक सिट माओवादी केन्द्रका जीवन आचार्यका लागि छाडिएको थियो । यसपटक कुनै पनि दलले गठबन्धन गरेका छैनन् ।

गत निर्वाचनमा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ३५,७३९ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका लालबाबु पण्डितले २१,३९२ मत ल्याउनुभएको थियो । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ८,५३१ मत ल्याउनुभएको थियो ।

सो क्षेत्रमा प्रत्यक्षतर्फ ८५,६१३ मत खसेकोमा ८०,४२६ मत सदर भएको थियो । समानुपातिकतर्फ ८५,९६१ मत खसेकोमा ८०,९८० मत सदर भएको थियो ।

समानुपातिकतर्फ नेपाली कांग्रेसले २३,४१०, नेकपा एमालेले १९,३८९, राष्ट्रिय स्वतन्त्र पार्टीले ११,५२६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १०६४१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले ८,१८५ मत ल्याएका थिए । नेशलिष्ट पिपुल्स पार्टीले सबैभन्दा कम ६ मत पाएको थियो ।

सो क्षेत्रमा अघिल्लो निर्वाचनमा ६७ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

क्षेत्र नम्बर ६ मा यस पटक १,३७,८३२ जना मतदाता रहेका छन् । जसमा ७०,६१७ जना पुरुष तथा ६७,२१४ जना महिला र १ जना अन्य लिङ्गी मतदाता रहेका छन् ।

४३३४ मतान्तरका साथ स्वतन्त्र उम्मेद्वार विजयी भएको मोरङ ५ मा २०७९ को निर्वाचनमा यस्तो थियो अन्तिम परिणाम

नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएको मोरङ ४ मा २०७९ को निर्वाचनमा यस्तो थियो अन्तिम परिणाम

२२७१६ मतान्तरले कांग्रेस विजयी हुँदा २०७९ को निर्वाचनमा मोरङ ३ मा यस्तो थियो अन्तिम परिणाम

समानुपातिकमा भन्दा प्रत्यक्षमा बढी मत खसेको मोरङ २ को यस्तो थियो ०७९ सालको निर्वाचनको नतिजा

यस्तो थियो ०७९ सालको निर्वाचनमा मोरङ १ को नतिजा

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments