Thursday, March 5, 2026
Homeराजनीति४३३४ मतान्तरका साथ स्वतन्त्र उम्मेद्वार विजयी भएको मोरङ ५ मा २०७९ को...

४३३४ मतान्तरका साथ स्वतन्त्र उम्मेद्वार विजयी भएको मोरङ ५ मा २०७९ को निर्वाचनमा यस्तो थियो अन्तिम परिणाम

विराटचोकः आज फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। यसैबीच मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ मा अघिल्लो पटकको मत परिणाम कस्तो थियो भन्ने यहाँ देखाउने प्रयास गरिएको छ ।

मोरङ क्षेत्र नम्बर ५ मा गत निर्वाचनमा नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारी दिनुभएका योगेन्द्र मण्डल ४३३४ मतान्तरका साथ विजयी हुनुभएको थियो । यस पटक मण्डल राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल खोलेर त्यसको अध्यक्षको तर्फबाट मोरङ ५ मा उम्मेद्वार हुनुहुन्छ ।

गत निर्वाचनमा स्वतन्त्र उम्मेद्वार मण्डलले २१८२० मत ल्याउनुभएको थियो । नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल केवटले १७४८६ र तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका राजकुमार यादवले १७,३९० मत ल्याउनुभएको थियो ।

सो क्षेत्रमा प्रत्यक्षतर्फ ७२,७०४ मत खसेकोमा ६७,३८० मत सदर भएको थियो । समानुपातिकतर्फ ७२,७९९ मत खसेकोमा ६७,२९१ मत सदर भएको थियो ।

समानुपातिकतर्फ नेपाली कांग्रेसले २४६२९, जनता समाजवादी पार्टी नेपालले १२,७३१, नेकपा एमालेले ९,४२८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले ७२२३, र जनमत पार्टीले ३६०४ मत ल्याएका थिए । नेशलिष्ट पिपुल्स पार्टीले सबैभन्दा कम २ मत पाएको थियो ।

सो क्षेत्रमा अघिल्लो निर्वाचनमा ७२ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

क्षेत्र नम्बर ५ मा यस पटक १,१०,१७७ जना मतदाता रहेका छन् । जसमा ५९,६२२ जना पुरुष तथा ५०,५५५ जना महिला मतदाता रहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments