Thursday, March 5, 2026
Homeसमाचारनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसैप्रशंसा

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसैप्रशंसा

विराटचोकः शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएपछि आज सञ्चारमाध्यम तथा विभिन्न व्यक्तिले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गर्दैै समाचार लेख्नुका साथै सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन् ।

सोचेभन्दा सहज तरिकाले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै सबैले प्रधानमन्त्री कार्कीको प्रशंसा गरेका हुन् ।

अनलाइन खबर डट कमले ‘सुशीला कार्कीको विजय’ शीर्षकमा समाचार प्रकाशन गरेको छ ।

अनलाइन खबरले नै नेपाली जनताको विजय, अतिवादको पराजय शीर्षकमा सम्पादकीय लेखेको छ ।
शिलापत्र डट कमले ‘धन्यवाद सुशीलाः संकट टर्याे, संक्रमण नलम्बियोस्’ शीर्षकमा सम्पादकीय लेखेको छ ।

शिलापत्रले नै ‘सुशीला कार्कीको इलेक्जिटः निर्वाचन शंकादेखि सफलतासम्म’ शीर्षकमा समाचार प्रकाशन गरेको छ ।

रास्वपाका नेता बालेन शाहले प्रधानमन्त्री कार्कीको प्रशंसा गर्दै आज लोकतन्त्रले जितेको भनी सामाजिक सञजालमा स्टाटस लेखेका छन् ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले आशंकै आशंका र सुरक्षा चुनौतीका बाबजुद पनि चुनाव सम्पन्न गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएका छन् ।

उता, शान्तिपूर्ण निर्वाचन गराएको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई धन्यवाद दिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments