विराटचोकः आज फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। यसैबीच मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा अघिल्लो पटकको मत परिणाम कस्तो थियो भन्ने यहाँ देखाउने प्रयास गरिएको छ ।
मोरङ क्षेत्र नम्बर ४ मा गत निर्वाचनमा नेकपा माओवादी केन्द्रका अमनलाल मोदी ३०,६१२ मत ल्याएर विजयी हुनुभएको थियो । नेकपा एमालेका विनोदप्रसाद ढकालले २४,४६३ र तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार रवि रिजालले ७,४६८ मत ल्याउनुभएको थियो ।
सो क्षेत्रमा प्रत्यक्षतर्फ ७४,६५० मत खसेकोमा ७०,२८३ मत सदर भएको थियो । समानुपातिकतर्फ ७४,७६१ मत खसेकोमा ७०,५०४ मत सदर भएको थियो ।
समानुपातिकतर्फ नेपाली कांग्रेसले १९,५५५, नेकपा एमालेले १८३८६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले ९,७६०,राष्ट्रिय प्रजातन्त्र पार्टीले ७,८४६ र रास्वपाले ७२७० मत ल्याएका थिए ।
सो क्षेत्रमा अघिल्लो निर्वाचनमा ६७ प्रतिशत मतदाताले मतदान गरेका थिए ।
क्षेत्र नम्बर ४ मा यस पटक १,१९,२५५ जना मतदाता रहेका छन् । जसमा ६१,१९२ जना पुरुष तथा ५८,०६२ जना महिला र १ जना अन्य लिङ्गी रहेका छन् ।







